अख्तियारले अब ठूलो माछा अठ्याउनुपर्छ

मुलुक यतिबेला अहल्पनीय प्राकृतिक विपत्तिबाट गुज्रिएको छ । वैसाख १२ गतेर २९गते गएको महा विनासकारी भुकम्पका कारण हजारौ सर्वसाधारण नेपालीले ज्यान गुमाएका छन्, लाखौ अंगभंग तथा घाइते भएका छन् भने अरबौको सम्पत्ति धुलिसात भएको छ ।
यो विनाशकारी विपत्तिका समयमा अब अख्तियारले आफ्नो मिशनलाई तिब्र रुपमा अगाडि बढाउनुपर्छ । अख्तियारले अब ठूला माछा समाउाछ भन्दै आएका अख्तियार प्रमुखका लागि यो भन्दा उपयुक्त अवसर अरु कुनै हुन सक्दैन । सरकार र दलका नेतृत्वप्रति आम सर्वसाधारण नेपाली जनता आक्रोसित छन् । अरबौ भ्रष्टाचार गरेर सुरक्षित साथ साजधानीमा बस्दै आएकाहरुबाट लाखौ भुकम्प पीडितहरुको पुनस्र्थापना हुन
सक्छ ।
अहिलेसम्म अख्तियारले झिना मसिना कर्मचारी, केही कार्यालय प्रमुखहरुबाहेक कुनै पनि राजनैति नेतृत्वको कठालोसम्म हात पुर्‍याउन सकेको छैन । राजनैतिक आडमा उनीहरु अख्तियारको पञ्जाबाट जोगिदै आएका छन् भने शक्तिकै आडमा अख्तियारले ठूला भ्रष्टाचारीहरुलाई पक्राउ गर्ने शाहस देखाउन सकेको
छैन । तर परिस्थिति यतिबेला भिन्न छ । हिजो नेतृत्वको निर्देशनमा सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने युवा जमात अब नेतृत्वको निर्देशनमा सडकमा नउत्रिने प्रण गर्न थालेका छन् । यो अख्तियारका लागि शुभसंकेत हो ।
गणतन्त्र आएपछि देश सधै अद्योगतितर्फ धकेलिएको तीतो यथार्थ सबैका सामु छ । गुण्डागर्दी र नेताहरुको दबाबकै कारण भएका छन् एक आद्य विकास निर्माणका कामहरु समेत कमसल रहेका छन् । कमिशनकै धन्दाले कमशल निर्माण काम भएको बुझाई सबैको छ । राज्यकोषबाट मनपरी रकम खर्च गर्ने, सामान्य विरामी हुादा पनि लाखौ, करोडौ रकम उपचारमा खर्च गर्ने, राजधानी लगायत देशका विभिन्न स्थानमा खरबौको सम्पत्ति जोड्ने, पजेरो प्राडो खरिद गर्ने नेताहरुको आम्दानीको स्रोत के हो ? भ्रष्टाचार निर्मुल गर्न तलबाट हैन माथिबाटै अख्तियारले अभियान चलाउनुपर्छ । जबसम्म नदीको मुल सफा हुादैन तवसम्म अन्यत्र सफा गरेर नदीको पानी संग्लो हुादैन ।
यतिबेला भुकम्प पीडितहरुको उद्धार, राहत, पुनस्र्थापनाका लागि राज्य सञ्चालनको ठेक्का लिएकाहरु विदेशीहरुलाई गुहारिरहेका छन्, भिख मागिरहेका छन्, यो हामी नेपालीहरुका लागि लज्जास्पद कुरा हो । राजनैतिक दलहरुसाग भएको सम्पत्ति मात्र निकाल्न सक्ने हो भने कुनै पनि विदेशीको सहयोग आवश्यक नपर्न सक्छ । राजनैतिक आडमा नेताहरु व्यापारी भएका छन् । राजनैतिक व्यापारी † कसैका हाइड्रो पावरमा लगानी छ, कसैका अरुकै नाममा उद्योगमा लगानी छ, कहााबाट आयो यिनीहरुसाग यो अथाहा सम्पत्ति ? नेताहरुको सम्पत्तिको स्रोत के हो ? आकाशबाट भरेको र जमिनबाट उम्रिएको त हैन होला ? हिजोसम्म नेपाली जनताले चन्दा उठाएर नेता भएकाहरु आज अरबपति भएका छन् । अख्तियारले यसतर्फ हात बढाउन किन संकोच मान्ने ? यो मुलुकमा पञ्चहरुले पनि ३० बर्ष शासन गरेको थियो । अधिकांश त्यसबेला लगातार मन्त्री पनि भएका थिए । तर प्रजातन्त्रको दुहाई दिने नेताहरु जसरी रातारात अरबपति भए पञ्चायतकालीन मन्त्रीहरु आज सााझ विहान हातमुख जोड्न समेत धौ धौ अवस्थामा छन् । के अख्तियारलाई यो नै भ्रष्टाचारको सबैभन्दा दह्रो प्रमाण हुन सक्दैन ?

तपाईको प्रतिक्रिया