घरको बिरालोले कुकरको छाउरो जन्माएपछि मालिकलाई तनाव

अव त बल मयनचीनको जिआंग्सु प्रान्तका बासिन्दा ७४ वर्षका जिया वेनुआनको होस तब उड्यो जब उनले आफ्नो घरमा पालेको बिरालोले जन्माएको बच्चा देखे । किन ? उनको विरालोले जन्माएको बच्चा विरालोको जस्तै नभै कुकुरको छाउरो जस्तै
थियो ।
अवकाशप्राप्त अधिकारी जियाले आफ्नो पोथी विरालोलाई छिमेकीको भाले विरालोसाग समागम गराएर गर्भाधारण गराएका थिए । तर
बिरालोले त कुकुरको छाउरो पो जन्मायो । आखिर किन त्यस्तो भयो ? जियाले यो कुराको चुरो पत्ता लगाउन वैज्ञानिकहरुसाग आग्रह गरेका छन् ।
जियाले भनेका छन, ‘मैले मेरो निउ निउलाई आफैले साथीको घरमा लगेर छाडेको थिएा, गर्भाधारणका लागि । उसलाई दुइदिनसम्म सहवासका लागि एक भाले बिरालोसागै खोरमा थुनिएको थियो । मेरो साथीले निउ निउलाई कहिल्यैपनि कुकुरसित
राखेको होइन ।’
आफुले अहिलेसम्म कहिल्यैपनि बिरालो र कुकुरबीच सहवास भएको घटना नसुनेको भन्दै उनले आखिर आफ्नो बिरालोले किन कुकुरको छाउरो जन्मायो भन्ने कुराको चुरो वैज्ञानिकहरुले पत्ता लगाउनेछन् भन्ने उनको आशा छ ।

तपाईको प्रतिक्रिया