धरान/धरान ५ की एक वृद्धाले करोडौ मूल्य बराबरको सम्पत्ति समाजसेवामा समर्पित गर्ने निर्णय
गरेकी छिन् ।
धनकुटाको तल्लो कोप्चेमा वि.सं. १९९० सालमा जन्मी लामो समयसम्म धरानमा बसोबाससागै व्यवसाय गर्दै आएका स्व. बसन्तकुमार कर्माचार्यकी अर्धाङ्गिनी श्रीमति रम्भादेवी कर्माचार्यले करोडौ मूल्य पर्ने भवन र जग्गा समाजसेवामा समर्पित गर्ने निर्णय
गरेकी हुन् ।
धरान ५ महेन्द्रपथमा निर्माण भएको वसन्त स्मृति अथिति गृहको आज बुधबार श्रीमति रम्भादेवीबाटै समुद्घाटन गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नवनिर्मित अथितिगृहमा ३० वटा कोठाहरु रहेका छन् । भवनको पहिलो तलामा १२, दोस्रो तलामा १२ र तेस्रो तलामा ६ कोठा र २ वटा सेमिनार हल रहेका छन् । दुई कट्ठा तीनधुर जग्गामा बनेको उक्त भवन निर्माण गर्दा २ करोड खर्च भएको रम्भादेवी कर्माचार्यका भाइ एवम् समाजसेवी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । वि.सं.२०३५ सालदेखि धरानमा व्यवसाय गर्दै आउनु भएका बसन्तकुमार कर्माचार्यको २०६५ साल असोज १४ गते निधन भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै पत्नी श्रीमति रम्भादेवी कर्माचार्यले भन्नुभयो, हाम्रा कुनै सन्तान छैनन् । आफन्तलाई श्रीसम्पत्ति जिम्मा दिनुभन्दा पनि समाजकै लागि उपयोगी हो्स् भन्ने सोचले समर्पित गरेकी हुा । जीवनभरि दु:ख गरेर कमाएको सम्पत्ति आफूले पनि साथमा लैजान नसक्ने भएकोले उहााकै (स्व.बसन्तकुमार कर्माचार्य)को स्मृतिका समर्पण गरे ।
हाल अथिति गृह सञ्चालनका लागि श्रीमति रम्भादेवी कर्माचार्यकै अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन
गरिएको छ, जसको उपाध्यक्षमा कर्माचार्यकै भाइ कृष्णप्रसाद श्रेष्ठ, सचिवमा कुन्जन श्रेष्ठ, कोषाध्यक्षमा प्रदिप श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा निर्मलकुमार कर्माचार्य, श्यामगोविन्द श्रेष्ठ, चन्द्रप्रभा श्रेष्ठ, पंकज श्रेष्ठ, निभारा श्रेष्ठ, अभिषेक कर्माचार्य र निराजन श्रेष्ठ रहनु भएको छ ।
