धरान । कोशी प्रदेशस्तरिय ह्वीलचियर रन प्रतियोगितामा बिष्णुकान्त चौधरी प्रथम भएका छन । १५ औं अन्तराष्टिय ह्वीलचियर दिवशको अवशरमा अपांगता भएकाहरुको संस्था स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन । चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेण्डमा पुरा गरे । दोस्रो भएका प्रज्वल लिम्बुले २ मिटेट ४६ सेकेण्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गरेका थिए ।

महिलातर्फ ३ मिनेट २७ सेकेण्डमा दुरी पुरा गरेकी जानुका तामांग प्रथम भइन । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेण्डमा दुरी पुरा गरेकी केशरकुमारी आलेमगर तेस्रो भइन । प्रथम हुनेले नगद १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पुरस्कार पाए । बिजेता तथा सहभागीहरुलाई कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, उपाध्यक्ष जीनाजंग कार्की, समाजिक महाशाखा प्रमुख फणिन्द्र खत्री लगायतले पुरस्कार बितरण गरे । अपांगता भएका पनि अरु भन्दा कोही छैन भन्ने समाजमा सन्देश दिनकै लागि कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, खेलकुद बिकास बोर्डको सहकार्य तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका १ सय ५० जना अपांगता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्र
