बैरागी काइलालाई नागरिक अभिनन्दन

धरान । धरानले आयामेली कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार वैरागी काइँला (तिल विक्रम नेम्बाङ) लाई नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन समारोह समितिले धरान नगर परिक्रमा गराई अभिनन्दन गरेको हो ।  वरिष्ठ गायक दीप श्रेष्ठ र कवि सुदिप पाख्रिनलाई प्रतिभा सम्मानद्वारा सुशोभित गरिएको  छ । वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको छ भने कवि पाख्रिनलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेको  छ ।


सम्मान समारोहमा सम्मानित वैरागी काइँलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा. डा. गोविन्दराज भट्टराईले प्रकाश पार्नुभएको थियो । यस्तै वरिष्ठ गायक श्रेष्ठका व्यक्तित्वबारे  वरिष्ठ गीतकार शिवशंकर थापाले राख्नु भएको थियो भने कवि पाख्रिनको कवित्वबारे वरिष्ठ काव्य साधक बम देवानले राख्नुभएको थियो । नेपाली कविताका शिखर साधक काइँलाको अभिनन्दनपछि नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार धरानस्थित सैनिक भवनमा औपचारिक कार्यक्रमको आयोजना  गरेको थियो । समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्वमा सम्मान कार्यक्रम आयोजना भएकोे हो ।

तपाईको प्रतिक्रिया