नेपाल शिक्षक संघ सुनसरीको चैत्र ४ गते हुने निर्वाचनमा अध्यक्षमा त्रिकोणात्मक प्रतिष्पर्धा चार बर्षे कार्यकालमा संघको निर्वाचन नगरी सात बर्ष एकलौटी गरेको भन्दै सिग्देलको आलोचना

धरान । नेपाल शिक्षक संघ सुनसरीको ९ औं अधिवेशनले चैत्र ४ गते हुने निर्वाचनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संगठन नेपाल शिक्षक संघ सुनसरीको नेतृत्व हत्याउन यतिबेला तीन प्रतिष्पर्धीहरु निर्वाचनमा होमिएका छन् । त्रिकोणात्मक प्रतिष्पर्धामा रहेका अध्यक्षका प्रत्यासीहरु इन्द्रमोहन झा, वेणु सिग्देल र देवनारायण यादव आ–आफ्नो जितप्रति सुनिश्चित देखिएका छन् । अध्यक्षका सशक्त प्रत्यासी इन्द्रमोहन झा र वर्तमान अध्यक्ष समेत  रहेका वेणु सिग्देलले प्यानलै बनाएर प्रतिष्पर्धामा होमिनु भएको छ भने अध्यक्षका अर्का प्रतिष्पर्धी देवनाराण यादवले हालसम्म कुनै प्यानल बनाउनु भएको छैन । मतदाता एक शिक्षकका अनुसार यादव दुवै प्यानलका केही भोट तान्ने च्याँखे दाउमा लाग्नुभएको छ ।


आगामी चारबर्षे कार्यकालका लागि शनिवार हुने संघको निर्वाचनमा अध्यक्षका बलिया उमेद्वार इन्द्रमोहन झाको प्यालनलबाट उपाध्यक्षमा महिलातर्फ चण्डिका निरौला र पुरुषतर्फको उपाध्यक्षमा कपिलदेव मेहता रहनु भएको छ । यसैगरी सचिवमा मनोज पोख्रेल, सहसचिवमा पुरुषतर्फ बालकृष्ण चौलागाई, महिला सह सचिवमा सरिता नेपाल, अर्थ सचिव (कोषाध्यक्ष) मा पुरुषतर्फबाट चन्द्रनारायण चौधरी र महिलातर्फको अर्थ सहसचिवमा रेखा साह रहनु भएको छ । उता वर्तमान अध्यक्ष वेणु सिग्देलको तर्फबाट महिला उपाध्यक्षमा ज्ञानु खड्का, पुरुषतर्फको उपाध्यक्षमा श्यामदेव मेहता, सचिवमा रोमनराज कार्की रहनु भएको छ । संघको विधान अनुसार जिल्ला कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र अर्थ सहसचिवमा महिला उमेद्वारको व्यवस्था गरेको छ । सिग्देल प्यानलबाट सह सचिव र अर्थ सह सचिवमा उत्तम सुवेदी, महिला सहसचिवमा सरिता पोख्रेल, अर्थ सचिवमा काशीराम चौधरी प्रत्यासी बन्नुभएको छ । संघको ४ गते हुने निर्वाचनमा १० जना पदाधिकारी र ७ जना सदस्य गरी १७ जना निर्वाचित हुने व्यवस्था रहेको छ । यसैगरी समावेशीताको आधारमा सह सचिव दुई जना र महिला सहसचिव एक जना रहने व्यवस्था रहेको संघमा आवद्ध अर्का शिक्षकेले बताउनुभयो । उहाँले भन्नुभयो प्रदेश प्रतिनिधि ८ जनाको र केन्द्रीय प्रतिनिधि पाँच जनाको समेत निर्वाचन हुन्छ । उहाँका अनुसार प्रदेश प्रतिनिधि ८ जनामा तीन जना अनिवार्य महिला शिक्षकको व्यवस्था गरिएको छ भने बाँकी रहेको ५ जनामा महिला र पुरुष जोसुकै पनि रहन सक्छन् । यसैगरी केन्द्रिय प्रतिनिधिमा ७ जना रहने प्रावधानमा दुई जना महिलाको अनिवार्य व्यवस्था रहेको छ भने बाँकी पाँच जनामा महिला पुरुष जोसुकै निर्वाचित हुन सक्छन् । नेपाल शिक्षक संघ सुनसरीमा संघमा आवद्ध शिक्षकको संस्था २२ सय ८०  रहेको छ । यसपटक विगतमा जस्तो अध्यक्षका प्रत्यासी इन्द्रमोहन झा, बेणु सिग्देल, देवनारायण यादवका प्रति नेपाली काँग्रेसको कुनै पनि समूह आफू निकटको प्यानललाई विजयी गराउन खुलेर लागेको छैन । एक शिक्षकले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने पार्टीका कुनै पनि गुटगत कसैका पक्षमा लागेको देखिएको छैन । विगतमा केन्द्रीय नेतृत्व निकट रहेको जिल्लाको कुनै न कुनै गुट खुलेरै लागेको देखिन्थ्यो । यस पटक भने त्यस्तो नदेखिएकोले निर्वाचन स्वच्छ र मर्यादित हुने कुरामा विश्वस्त रहेका छौं, उनले भने । यसपटक हुने संघको निर्वाचनमा अधिकांश मतदाताहरु अध्यक्षका बलिया उमेद्वार इन्द्रमोहन झालाई जिताउन लागिपरेका छन् । यसो हुनुको प्रमुख कारण संघको ८ औ जिल्ला अधिवेशनमा झा झिनो मतान्तरले सिग्देलसँग पराजित हुनु भएको थियो । ९ औं महाधिवेशनमा चार बर्षे कार्यकालमा लागि अध्यक्षमा निर्वाचित सिग्देलले अधिवेशनै नगरी विभिन्न बहानामा आफ्नो कार्यकाल तीन बर्ष लम्ब्याएका थिए । यसपटक संघको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा अधिकांश शिक्षकहरु देखिएका छन् । नेपाल शिक्षक संघ सुनसरीको ९ औं महाधिवेशनको उद्घाटन फागुन २७ गते भएको थियो भने सोही दिन बन्दसत्र समेत समाप्त भई २८ गतेदेखि चुनावी अभियानमा शुरु भएको छ ।

तपाईको प्रतिक्रिया