घण्टाघरबाट हेर्दा

के बेफ्वाकको गफ गरेको ?
हिजोआज नेपालाँ जो नि आन्दोलन गर्ने, बन्दुक उठाउने, ठोकिदिने गफ मात्र गर्न थाल्या छन् । यस्ता वेÏवाँकका गफ सुन्दा घण्टाघरलाई उद्युम हाँसो उठ्न थाल्या छ । पर्धानमन्तरी नै सत्तामा नपाए, हत्या आरोपमा जेल लगिए फेरि जंगल छिरेर बन्दुक उठाउने भनेर कुर्लन्छन् । सहरिया स्वाद चाखिसकेका हिजोका बन्दुकेहरुले फुइøयाँ पनि बन्दुक उठाउँदैनन् । लहै लहैमा बन्दुक बोकेका माउवादीका पूर्व कमाण्डर लहरु चौधरीले त प्रचण्डाउले फेरि जनयुद्ध गर्ने ल्याकतै नभएको भनेर दनक दिएछन् । फेरि बन्दुक उठाएर रक्तपान मच्चाए पहिलो गोली ठोक्ने धम्की दिएछन् । आफूले केही नपाउने भएसी वन पस्छु भन्ने पाएसी’ फुलेल भएर बस्ने ? क्या काइदाको दाउपेज † वेÏवाँकको गफ गरेर किन जग हँसाएको होला ?


उपराष्ट्रपतिलाई गुन्युचोली
अस्ति भर्खरै दश भाइले बोकेर उपराष्ट्रपति भा’का रामसहाय जादवलाई यतिबेला श्रृंगार गर्ने काम धमाधम हुन थाल्या छ रे । महिला कोटाबाट निर्वाचित भएकोले विचरालाई सिँगार्नु पर्ने अवस्था आ’ हो रे । स्याल बहादुरले साडी पहि¥याई दिए रे, पूर्व वन मान्छेले ब्लाउज लगाइ दिए रे, माकुनेले भित्री बस्त्र पहि¥याई दिए रे, अन्य झिना मसिनाहरुले पोते, चुरा पहि¥याइदिए रे । विचराहरुलाई बाध्यता छ पहि¥याएर महिलाको आब्रुक तयार त गर्नै प¥यो । मुलुकका दश भाई गुइँठेहरुले चाहेमा पुरुषलाई पनि महिला बनाउन सक्छन् । महिलालाई पनि पुरुष बनाउन सक्छन् । यतिबेला देशैभरिबाट गुन्युचोलीहरुको डेलिभरि उपराष्ट्रपति महोदयालाई पठाउन थाल्या छन् रे । वात के हो ?
सभामुखले दे छन् दनक
संघीय संसदका सभामुख देवराज घिमिरे लत्तरो मान्छेचाहिँ होइन रै’छन् । आखिरी झापाली न परे । अरु जिल्लाका दश जनाको मृत्यु हुँदा एकजना झापाली जन्मन्छ भन्थे हो रै’छ । अब हेरम न सभामुख घिमिरेले पत्रकार महासंघका पदाधिकारी र पत्रकार केही विकाउ छन् भन्देछन् । घिमिरेले त्यसो भन्नासाथ विकाउ पत्रकारको संरक्षण गर्दै आएकाहरुलाई जोगाउने धन्दा गर्दै आएको महासंघका पदाधिकारीहरुले हतार हतार एउटा विज्ञप्ती निकालेछन् । चोरको खुट्टाकाट भन्दा खुट्टो उचाले झै किन हतार हतार विज्ञप्ती निकालेका होलान् ? पक्कै पनि घिमिरेले १० भाइतिर संकेत गरेको हुनुपर्छ । नत्र यत्रो कोलाहल किन ? कि कसो हौ ?
न गला न कला…..
जोसँग जे छैन त्यसले आफूलाई त्यसैमा पारंगत भएको ध्वाँस पिट्दै हिँड्छ भन्थे हो रै’छ । अब हेरम न नेपालमा एउटा चर्चित गायिका नर्तगी होइसिन्छ ज्योति मगर । विचारालाई नाँच्न र गाउँन उत्पादै मन लाग्छ । तर के गर्नु ? तीसँग न गला छ नकला कला छ स्तन हल्लाउने चर्तिकला मात्र छ । अब त्यस्ताले अस्तिका दिन ज्ञानेन्द्र साहका बारेमा टिप्पणी गरिछन् टिप्प्णी गर्ने औकातै नभएकाले के टिप्पणी ग¥या होला ? न इतिहास थाहा छ न भूगोलका बारेमा ज्ञान छ । फ्याउरी जस्तो उफ्रनुलाई नृत्य सम्झेनेले बोल्दा त्यो पनि साहीका बारेमा अलिकति होस पु¥याउनु
पर्दैन ? हुन त भेडा भेडाकै बथानमा रमाउँछ, गाई गाइँकै बथानमा रमाउँछ । मगरलाई साही भन्दा धमला अति प्यारो ।
तडकभडक गरेनन् रे
दश जनाको जडौरी भिरेर बल्ल तल्ल शितल निवास छिरेका राष्ट्रपति पौड्याल बाजेले तडकभडक गरेनन् रे । अस्तिका दिन राणाहरुले राज्येलाइ दाइँजो दिएको शितल निवासबाट निस्केर बाजेलाई एकाएक कुमारीको याद आएसी दर्शनै गर्ने विचार गरेछन् । पशुपतिनाथ दर्शन गर्न जाँदा सडककै खाली गराएर लावालस्कर ताँती लगाएरहुँइकी हुँई गर्दै पु्ग्दा बाजेको सडकमा हिड्ने सर्वसाधारणले धतुरो झा¥या थे । जुन जोगी आए पनि कानै चिरेको भन्दै बाजेलाई तथानाम गरेपछि विचरा हच्केछन् । कुमारीको दर्शन गर्न जाँदा त एउटा फिलिमको अगुवा र अर्को पिलपिले पछुवा लगाएर गएछन् । अगुल्टोले हान्या सन विजुली चम्कदा पनि पनि तर्सेर बाह्र हात पर पुग्छ भन्थे हो रै’छ । बाजेलाई पशुपतिनाथ जाँदाको झड्काले कुमारीको दर्शन गर्न जाँदा काम गरेछ ।
हात हल्लाउन कुरी कुरी लागेन ?
नेपालका पर्धाननमन्तरी छेपाराले झै रंग फेर्न मात्र माहिर छन् भन्या त हात हल्लाउन पनि पोख्छ रै’छन् । नपत्याए चैत्र २ गते किर्तिपुरमा रहेको क्रिकेट मैदानमा उनले हात हल्लाएको देख्दा अरुलाई कुरी कुरी लागेर आयो । क्रिकेट मैदानमा विश्वकप छनौटका लागि नेपाल र युएई कुर्सी खेलरहेका थिए । प्रचण्डाउ भने हात हल्लाएर तमासा देखाइरहेका थिए । नेपालीका लागि गलपासो भएको गाँडतन्त्र ल्याएर तीन तीन पटक सिंहदरबार छिरेर वाल्वाटारमा आराम गरेका प्रचण्डाउले जाबो एउटा गतिलो रंगशाला सम्म बनाउन सक्या छैनन् । हिजो राजाहरुले बनाइदिएको रंगशालामा गएर के हात हल्लाएको होला ? हुन त प्रचण्डाउले कुनै कुरा कहिले पो बनाएका छन् र ? उनको काम बनेको कुरा भत्काउनु त हो । हजम भए होस् नभए नहोस् । घण्टाघरलाई बाल मतलब छैन ।
जसरी भए नि जित्नु पर्ने ?
वहुत समय वाद स्ववियु निर्वाचन भयो । राजनैतिक दलका वैसाखी विद्यार्थीहरु सगठनहरु पनि एक अर्काको जडौरी भिरेर निर्वाचनमा होमिएछन्। हुन त ती विद्यार्थीकहरुको के दोष ? आफ्ना मालिकले जसो गरे त्यसैको सिको गर्ने त हुन । केन्द्रमा दश जनाले एक अर्काको जडौरी भिरेर ल्याम कि ल्याम हात चाटेका छन् । स्ववियु निर्वाचनमा पनि हात चाट्न एक अर्काको जडौरी भिरेका छन् । हुन त विद्यार्थी संगठनहरु कमजोर भएरै त्यो ग¥या हुन् । पहिला पहिला अझ पञ्चायत कालमा एक्ला एक्लै भिड्थे । त्यसबेलाको चुनावको स्वाद बेग्लै ।
अन्तेमा
कोशी प्रदेशका मुखमन्तरी हिक्मत कार्कीले हिम्मत गरेरै प्रदेशको नामांकन त गरे तर तिनलाई चाडै मुसी देव भव बनाउलान् जस्तो छ । पहिचानवादीहरुको आन्दोलन हिक्मतले साह«ै थेग्लान् जस्तो
छैन । अब त कोशी पर्देशका विरुद्धमा कसैले कविता वाचन गर्दा नि विचरा झल्याँस झल्याँस भएर ब्युझिलन्छन् । गणतन्त्रे राजाहरु यति साह«ो निकम्बा, लाछी हुन्छन् भन्ने घण्टाघरलाई पत्तै थिएन । वित्थामा पिर्के सलामी लिएर उनीहरु ठूला पल्टेका रै’छन् । पहिचानवादीहरुले कार्कीका विरुद्धमा सयुक्त मोर्चा खोल्देका छन् । आन्दोलनले उचाइ लेला जस्तो छ । हुन त नेपालमा चैत्र वैसाख आन्दोलनकै मौसम हो ।

तपाईको प्रतिक्रिया