भारतीय महावाणिज्य दुतावासको समन्वयमा वीरगञ्ज सुख्खा बन्दरगाह हुादै भारत सरकार, प्रान्तीय सरकार र भारतीय जनताको राहतको ओइरो

धरान/नेपालमा वैसाख १२ गते शनिवार र वैसाख २९ गते मंगलबार आएको महाविनाशकारी भुकम्प पीडितहरुका लागि नेपालको अत्यन्तै निकटको छिमेकी मुलुक भारतबाट हालसम्म सैयौ ट्रक राहत सामाग्रीहरु प्रभावित जिल्लामा प्रभावितहरुका लागि आइसकेका छन् भने त्यस्ता
राहत सामाग्री आउने क्रम जारी
रहेको छ ।
सोमबारमात्र वीरगञ्ज सुख्खा बन्दरगाहमा १३ ट्रक त्यस्ता राहतका सामाग्री आएको वीरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दुतावासले आÏनो वेभसाइडमा उल्लेख गरेको छ । भारत सरकार, प्रान्तीय सरकार, भारतीय जनता तथा भारतमा रहेका विभिन्न सामाजिक संघ संस्था, धार्मिक संघ संस्थाहरुले राहतका सामाग्रीहरु पठाउदै आएका छन् ।
वीरगञ्जस्थित रहेको भारतीय महावाणिज्यदुतावासले त्यस्ता राहतका सामान कुन कुन प्रभावित जिल्लाहरुमा पठाउने सम्बन्धमा समन्वय गर्दै आएको छ । जेठ २ र ३ गते अर्थात मे १६ र १७ तारेखका दिन टेन्ट ब्लाङ्गकेट, तारपुलिन, भााडाकुडा, औाषधि, सुख्खा खाना, विस्कुट, चामल, आाटा, मिक्स खानाका परिकारका १३ ट्रक सामान वीरगञ्ज सुख्खा बन्दगाहमा आइपुगेका थिए । त्यसरी आएका सामानहरु ११ ट्रक काठमाण्डौ, २ ट्रक दोलखाका पीडितहरुका लागि पठाइएको थियो । यसका अलावा त्यसै दिन आएका अरु २७ ट्रक सामान समेत प्रभावित क्षेत्रमा पठाइएको थियो । महावाणिज्य दुत अन्जु रन्जनले त्यसरी आएका समानहरु प्राथमकिताका आधारमा प्रभावित क्षेत्रमा पठाउने गर्नुभएको छ भने कतिपयले आफै प्रभावित क्षेत्रमा पुगेर बााड्ने गरेका छन् । २७ वटा ट्रकमा राहतका सामाग्रीसागै वेडसिट, सारी, स्कुल पोसाक, बुकेट्स, मख, प्लाष्टिक जर्किन, सोलार लाइट, रोप, टेन्ट एस.टी.पोल कर्नाटकबाट आएका थिए । त्यस्तै राजस्थान स्कुल, राजस्थान
कन्तुरवा गान्धी नेशनल मेमोरियल ट्रष्ट, मध्यप्रदेश, मदरसा वरकुतुल ओलुम, सिड्स न्यूदिल्ली, प्रोक्टर ग्लाम्बल कम्पनी मुम्बई, करितास आइ.एस एस. न्यू दिल्ली, फविन्दा वैंगलोर, डिसी
रााची, मध्यमाञ्चल विद्युत वितरण निगम, लुम्बो र अन्य क्षेत्रबाट समेत महावाणिज्य दुतावासमा रक्सौल हुादै आएका सामान अति प्रभावित क्षेत्रमा पठाइएको थियो । जसमध्ये ९ ट्रक काठमाण्डौ, २ ट्रक पर्वानिपुर, १ ट्रक ललितपुर पठाइएको थियो । जेठ ३ गते ७ सय ५४ ट्रक सामान भुकम्प पीडितका लागि भारतबाट आएका थिए ।
यसैगरी वैसाख २१ गते अर्थात मे १४ तारेख भुकम्प पीडितहरुका लागि आएका १८ ट्रक सामानमध्ये ८ ट्रक काठमाण्डौ, ३ ट्रक सिन्धुपाल्चोक, ३ ट्रक नुवाकोट, १ ट्रक दोलखा, १ ट्रक धादिङ्ग, १ ट्रक रामेछाप र १ ट्रक मकवानपुर जिल्ला पठाइएको थियो । ती ट्रकहरुमा ब्लांकेट, टेन्टस, तारपुलिन, ड्राइफुड्सहरु रहेका थिए । यसैगरी सोही दिन आएका अन्य १३ ट्रक सामानमध्ये २ ट्रक काठमाण्डौ, २ ट्रक सिन्धुपाल्चोक, २ ट्रक पोखरा, २ ट्रक मकवानपुर, १ ट्रक गोरखा, १ ट्रक नुवाकोट, १ ट्रक हेटौडा, २ ट्रक काभ्रे पठाइएको थियो । जेठ १ गते अर्थात मे १५ तारिखका दिन ड्राइफुड, तेल, विस्कुट, ब्लांकेट लिएर ७ ट्रक आएकोमा ३ ट्रक नुवाकोट, १ ट्रक दोलखा, एक ट्रक काभ्रे, एक ट्रक
रामेछाप, एक ट्रक मकवानपुर जिल्ला पठाइएको थियो । यस्तै सोही दिन आएका १२ ट्रक सामानमध्ये ९ ट्रक काठमाण्डौ, २ ट्रक परवानीपुर, १ ट्रक ललितपुर पठाइएको थियो । उक्त दिन सम्ममा ७ सय १४ ट्रक सामान नेपाल प्रवेश
गरिसकेका थिए । यस्तै वैसाख ३० गते अर्थात मे १३ तारेखका दिन २२ ट्रक
राहतका सामान भारतबाट आएका थिए । जसमध्ये ६ ट्रक काठमाण्डौ, २ ट्रक सिन्धुपाल्चोक, २ ट्रक ललितपुर, २ ट्रक भक्तपुर, १ ट्रक काभ्रे, २ ट्रक नुवाकोट, १ ट्रक गोरखा, २ ट्रक दोलखा, २ ट्रक धादिङ्ग, एक ट्रक
रसुवा, एक ट्रक रामेछाप जिल्लाका लागि पठाइएको थियो । यी ट्रकहरुमा समेत ब्लांकेट, टेन्टस, तारपुलिन, सुख्खा खाना र औषधि रहेका थिए । यसका अलावा ५३ ट्रक राहतका सामान आाएका थिए । जसमा तारपुलिन, ब्लांकेट, ह्विल चेयर, टेन्टस, सेनिटरी प्याकेट लगायत रहेका थिए । यस्तै मे १२ अर्थात वैसाख २९ गते १७ ट्रक राहत समाग्रीमध्ये १५ ट्रक च्युरा र २ ट्रक अन्य खाद्यान्न काठमाण्डौ पठाइएको थियो ।

तपाईको प्रतिक्रिया