प्रतिष्ठानमा तत्काल जवाफदेही बनाउन समूह गठन

धरान/गत वैसाख १२ गते शनिवार र २९ गते मंगलबार गएको महा विनासकारी भुकम्प र त्यसपछि आएका पराकम्पनबाट घाइते भई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकाहरुका लागि प्रतिष्ठानले डा. आशिष घिमिरेको संयोकत्वमा तत्काल जवाफदेही जनाउने समूह रेपिड रेस्पोन्स टिम गठन भएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. अरविन्दकुमार सिन्हाले डा. घिमिरेलाई शनिवार संयोजकको जिम्मेवारी सुम्पिएको जानकारी सहितको पत्र दिनुभएको हो । संयोजक घिमिरेको संयोजकत्वमा गठन गरिएको रेपिड रेस्पोन्स टिममा जेनेरल सर्जरी विभागका एसोसिएट प्रोफेसिर डा. संयोग उप्रेति, सोही विभागका एसिस्टेन्ट प्रोफोसर डा. विजयकुमार खनाल, जेनेरल सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. विर्खराज जोशी, जिपि एण्ड इ.एम विभागका एसिस्टेन्ट प्रोफेसर डा. श्रीराम श्रेष्ठ रहनु भएको छ ।
यसैगरी टिममा जीपी एण्ड ए.एम. विभागका सिनियर रेसिडेन्ट डा. सुनिल जिरेल, इन्टरनल मेडिसिन विभागका सिनियर रेसिडेन्ट डा. विजय बड्तौला, एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागका जुनियर
रेजिडेन्ट डा. सविन भण्डारी, सोही विभागका जुनियर रेसिडेन्ट डा. जोशललाल बज्राचार्य, हाडजोर्नी विभागका जुनियर
रेसिडेन्ट डा. यामबहादुर गुरुङ्ग, सोही विभागका जुनियर रेसिडेन्ट डा. जनक दाश, नर्सिङ्ग सेवाका नर्सिङ्ग अफिसर लक्ष्मी राई, सुशन लामा, स्टाफ नर्स पूजा अधिकारी, नेहा श्रेष्ठ, एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागका सिनियर ग्रेड टेक्निसियन
रन्जनकुमार पाठक र सोही विभागका माधव बराल रहनु भएको पत्रमा प्रा.डा. अरविन्दाकुमार सिन्हाले रेपिड रेस्पोन्स टिम समन्वयात्मक ढंगले विरामी उपचारमा तदारुकताका साथ सहयोग प्राप्त हुने अपेक्षा समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया