पदम खड्का
इञ्जिनियरिङ अध्ययन संस्थानका तर्फबाट घर निरीक्षण गरेर सल्लाह दिने काममा हामी पनि लागिरहेका छौं। चिनेजानेका, आफन्त र टोलवासीको अनुरोधमा पनि धेरै घरको अवस्था हेर्ने मौका
मिलिरहेकै छ ।
खासै क्षति नभएका वा सामान्य मर्मत गरेर पूर्ण सुरक्षित हुने घरका धनी र डेरावाल अनावश्यक त्रास लिइरहेका छन् । खुला चौर खेतबारी, स्कूल वा सडकबाट घरभित्र छिरे पनि ढुक्कसाग निदाउन सकेका छैनन् । ‘बनको बाघले खावस नखाओस मनको बाघले खाने’ अवस्था छ ।
‘भूकम्पले गर्नुजति क्षति गरिसक्यो । अब यो भन्दा बढी क्षति हुनेवाला छैन । त्यसैले घर भत्केको छैन सामान्य टुटफुट हेरेर चिन्ता नलिनुस्। निर्धक्कसाग निदाउनुस,’ हामी इञ्जिनियरले सुझाव दिनु परिरहेको छ ।
म पुगेका मध्ये घरबेटी, डेरावाल र छिमेकीले ठूलै क्षति भयो भनि ठानेका काठमाडौं, ललितपुर, भक्तपुर नगरभित्रका धेरैजसो घर केहि पनि नगरि बस्न सकिने अवस्थामा छन् ।
सामान्य क्षति भएकै घरको पनि सामान्य मर्मत नै काफि हुने अवस्था छ । तैपनि मानिसहरु अनावश्यक त्रास पालेर बसेका छन् । सबैभन्दा पहिला यो डरको मनोवैज्ञानिक उपचार जरूरी छ ।
उपत्यकाका पिलर सिष्टमको घर हेर्दा मैले के देखे ?
१.चर्केको गारो र प्लास्टर अवस्थास्मा इञ्जिनियरिङमा स्नातकोत्तर गरेको मान्छे । मेरै घरको गारो अलिअलि क्र्याक छ । त्यसको मैले किञ्चित पनि वास्ता गरेको छैन ।
म निरीक्षणमा गएको धेरै घरहरुमा पनि गारो वा प्लास्टरमा देखिएको सामान्य क्र्याकलाई मानिसहरु पहाड बनाएर बसेका छन् । मान्छेको सातो गएको छ । यस्ता सामान्य क्र्याकको कारण भैंचालो नहुन पनि सक्छ । भैंचालोपछि हामी घरको जगदेखि ट्याङ्कीसम्म माइक्रोस्कोप लगाए जसरि हेरिरहेका छौं ं। त्यसले अघिपछि याद नगरेको र अनदेखा गरेका टुटफुट, गारोका चर, चर्केको प्लास्टर देखिन्छ नै । अनि हामीलाई त्यहीा भयाबह जस्तो लाग्छ ।
चार इञ्चको पार्टेसन गारो लगाउादा भएको सामान्य त्रुटी वा मसला राम्ररी नखाादेको कारणले पनि चर्केको हुनसक्छ । चार इन्च गारो फुटाएर कन्सिल वायरिङ गरेर राखिएको पोलिथिन पाइपले पनि प्लास्टर कमजोर बनाउाछ । प्लास्टरको टिकाउ सिमेन्ट, बालुवाको गुणस्तर, मात्रा र क्युरिङ (पानी हाल्ने)मा
भर पर्छ ।
उपचार: गारोको क्र्याक वा उप्किएको प्लस्टरले मनमा चिरा परिसकेको छ भने मर्मत गरेर आश्वस्त हुन सकिन्छ । यस्ता क्र्याकले घर
असुरक्षित हुने हैन । त्यसैले अहिले नै हतारहतार बालुवा, सिमेन्टको जोहो
गरेर डकर्मी खोज्न कुद्नुपरेन । फुर्सदमा टालटुल गरे हुन्छ ।
चर्केको ठाउाबाट दुई इन्च तल र माथिबाट वारपार फुटाउने, त्यो ठाउा पानीले पखाल्ने । सानो किलाले बालुवा चाल्ने जाली ठोकेर अड्याउने । राम्रो मसला बनाएर प्लास्टर गर्ने । केहि दिन पानी हाल्ने । सेट भइसकेपछि रङ लगाएर टल्काएपछि जस्ताको तस्तै हुन्छ ।
२. बिम र पिलरको सामान्य क्र्याकबाट
अवस्था: पिलर र बिममा डण्डी बााध्ने क्रममा भएको कमजोरीले सामान्य क्र्याक आएको हुनसक्छ । यो पनि भैंचालो अघिकै धेरै छ । पहिला ख्याल नगरेको क्र्याक अहिले देखेर आत्तिएको अवस्था छ ।
डण्डी बााध्ने क्रममा पिलर वा बिमको चुरीको दूरी, चुरीको टुप्पाको एङ्गल, डण्डीको क्र्याङ वा कटपिसमा सामान्य हेक्का नपुगेका कारण भैंचालो अघि वा पछि क्र्याक देखिएको हुनसक्छ । फर्मा
राख्दा डण्डीभन्दा कम्तीमा एक इन्च बाहिर नढाकेको कारणले पनि यो क्र्याक देखिन्छ ।
यो सामान्य क्रयाक भनेको पिलर वा बिमको डण्डीभन्दा बाहिर देखिएको हुन्छ । पिलर वा बिमको वारपार क्रयाक छैन भने यसलाइ मर्मत गर्न कुनै हतार गर्नुपर्दैन ।
उपचार: चर्केको जति भाग फुटाउने। बालुवा, रोडा र सिमेन्टको मसला बनाएर ढलान गर्ने । कम्तीमा २८ दिन फर्मा राख्ने । मजबुतीका लागि पानी हालेर भिजाइरहनु पनि उत्तिकै जरुरी छ ।
३.पिलरको फेदमा क्र्याक
अवस्था: कतिपय घरमा पिलरको फेदको ढलान र प्लास्टर फ्यााकिएर डण्डी देखिएका छ्न ्। देखिएका डण्डी बांगिएको छैन, भित्रको मसला इन्ट्याक्ट छ र पिलरको एक साइडमा मात्र उप्किएको छ भने क्रयाक सजिलै मर्मत गर्न सकिन्छ ।
उपचार: माथि भनेजस्तै यस्तो पिलरको पिन बिग्रेको जति भाग उप्क्काऔं । अनि राम्रो ढलान मसला बनाएर हालौं । मसलालाई अझ मजबुत बनाउने केमिकलहरू पनि बजारमा पाइन्छ । यो ढलानलाई फर्माले ढाकेर झण्डैं चार हप्तासम्म पानी हाल्नुपछे । घरको धेरैवटा पिलरमा यस्तो समस्या आएको छ भने मर्मत गरेर मात्र बस्नु राम्रो हुन्छ ।
४. पिलर र बिम गासिको ठाउा खोक्रो
अवस्था: उदाहरणको लागि नौं वाइ नौं इन्चको पिलर र नौं वाइ नौं इन्चकै बीम छ । डण्डी बान्ने बेलामा पिलर र बिमको क्रसमा कम्तिमा सोह्र वटा डण्डी क्रस पर्छ । अरू ढलानभन्दा त्यहाा मसला खाद्न निकै ध्यान पुर्याउनुपर्छ । त्यस्तो जोर्नीमा बासले राम्ररी खााद्ने वा भाइब्रेटर लगाउनुपर्ने हुन्छ । होस नपुर्याएको कारणले भित्र खोक्रो भयो भने संरचना कमजोर हुन्छ । भैंचालोले धक्का दिादा त्यहीा भागमा क्र्याक आएको पनि देखियो । यसबाट घर बनाउने जिम्मा लिएर बसेका परिवारका सदस्य सबैभन्दा खिन्न र सबैजना भयभित देखिन्छन् ।
उपचार: यो पनि उपचार नै नभएको रोग हैन । यस्ता गाासको दायााबायााका बिममा टेका दिएर मर्मत गर्न सकिन्छ । यसको पनि एउटै शर्त पिलर र बिमको डन्डी भााचिएको वा पर्लक्क बटारिएको भने हुनुहुादैन।
मसला नखाादिएको भाग जति पत्ता लगाएर फुटाउन सकिन्छ । अनि भक्तपुरको जुजु धौं जस्तो सबै मात्रा मिलेको लटक्क परेको मसला खाद्न सकिन्छ । डण्डीलाई ढलानले कम्तीमा एक इन्च ढाक्नुपर्छ । यो क्रसको ढलान चार हप्ताजित टेका
राखेर पानी दिइरहनुपर्छ । नयाा जत्तिकै बलियो हुन्छ ।
५. पिलरको डण्डी बटारिएको
अवस्था: कतिपय चारपााच तले
घरको माथिल्लो तला पुरापूर सहिसलामत छन् । तर भूइातलामा पिलरका डण्डी बटारिएका छन् । घरको अरु अवस्था ठीकठाक छ भने पनि मर्मत नगरि यी घरमा बस्नुहुन्न ।
पिलर घरको खुट्टा हो । यसले बोक्न सक्ने भारी भन्दा घरको तौल कयौं गुना बढी भएकाले यो समस्या आएको हो । मानौं त्यस्तो घर पााच तले छ र पिलर ‘नौं बाइ नौं इन्च’ को छ भने त्यसलाई बढाउन सकिन्छ ।
उपचार: इन्जिनियरिङ भाषामा हामी यसलाई ‘रेट्रोफिटिङ’ भन्छौं । यसमा हात्तिपाइलेदेखि नै पिलरको क्षमता बढाउन सकिन्छ । अघिकै उदाहरणको कुरा गरौं घरलाई जगैदिख टेका दिएर आवाश्यकता अनुसार पुनर्निर्माण गर्न सकिन्छ । अघिकै उदाहरण लिऊ न त्यो पिलरलाई डण्डी रिङ थपेर आवाश्कयता अनुसार ९ वाइ १२ वा १२ वाइ १२ इन्च बनाउन सकिन्छ ।
अन्त्यमा उसै आयु सकिएका, धेरै पूराना वा इटामाटोबाट बनेको बाहेक उपत्यकाका ९९ प्रतिशत घर सुरक्षित छन् । आफ्नो जीवनभरिको कमाइको लगानी र भावना जोडिएको घरसाग
नडराउनुस् ।
कुनै क्र्याकले अझैपनि तापाइलाई अत्ताइरहेको छ भने प्राविधिक सल्लाह लिनहोस् । मर्मत गर्नुहोस् । ढुक्क हुनस् तापाईाको घर पहिला जस्तै बलियो हुन्छ ।
