मञ्चद्वारा जेठ ८ गते सामुहिक संस्कारको कार्यक्रम तय

धरान/यहाास्थित रहेको विजयपुर अध्यात्मिक मञ्चले आगामी जेठ ८ गते शुक्रबारका दिन हिन्दु वौद्धिक परम्परा अनुसार सामुहिक ब्रतबन्ध, छेवर, बेलविवाह, गुन्युचोली लगायतका संस्कारहरु गर्ने भएको छ ।
विगत केही बर्ष यता मञ्चले यस्ता सामुहिक संस्कारका कार्यक्रमहरु गर्दै आएको छ । मञ्चका अधयक्ष पितरुमल अग्रवालका अनुसार सामुहिक ब्रतबन्ध, छेवर, बेलविवाह, गुन्युचोली लगायतका संस्कारका लागि २०७२ जेठ ८ गतेको शुभ लग्न भएकोले उक्त दिन पिण्डेश्वर विद्यापीठ परिषरमा कार्यक्रम गर्ने तय भएको बताउनुभयो । वि.सं. २०५२ सालमा विधिवत रुपमा स्थापना भएको मञ्चले २०४८ साल देखि नै यस्ता कार्यक्रमहरु सञ्चालन गर्दे आएको थियो । फजुल खर्च नगरौ, मितव्यायी बनौ, परमपरागत रुपमा हुादै र गरिदै आएका संस्कारहरु सामुहिक रुपमा गर्ने बानी बसालौ भने उद्देश्यका साथ यस्ता संस्कारको कार्यक्रम सञ्चालन गरिदै आएको मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया