स्व. बाबुको नाममा अनाथलाई खाना

धरान/धरान १२ निवासी रोशन कार्कीले आफ्ना स्व. बाबुको नाममा धरान ४ स्थित रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई खाना खुवाएका छन् ।
आफ्ना दिवंगत बाबु खड्गबहादुर कार्कीको नाममा आइतबार गृहमै गएर १ हजार बराबरको ६ केजी चामल र ५ केजी कुखुराको मासु त्यहा रहेका २४ जना बालबालिकालाई खुवाएका छन् ।
२०७२ साल यता उनले यसरी तीनपटक अनाथ बालबालिकाहरुलाई खुवाएको गृहका प्रमुख भीम राईले जानकारी दिनुभयो । खाना खुवाउने कार्यक्रममा उहाका सम्पूर्ण परिवारको समेत उपस्थिति रहेको छोरा रोशनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया