लगानीको खोजीमा भारतीय प्रम मोदी दक्षिण कोरियामा

भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदी दुई दिने औपचारिक भ्रमणका लागि सोमबार दक्षिण कोरिया पुगेका छन् ।
विशेषगरी आर्थिक लगानीको खोजीमा उनको भ्रमण केन्ऽित हुने अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरिया एसियाको चौथो ठूलो अर्थतन्त्र हो ।
गत वर्ष भारतको प्रधानमन्त्री बनेपछि मोदीले दक्षिण कोरियाको यो पहिलो पटक भ्रमण गरेका हुन । भ्रमणका क्रममा उनले दक्षिण कोरियाका
राष्ट्रपति पार्क गेन हाईसाग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । साथै सो वार्ताका क्रममा उनीहरुबीच आर्थिक एवम् द्विपक्षीय कूटनीतिक सम्बन्धका बारेमा कुराकानी हुने बताइएको छ । मोदी यतिखेर पूर्वी एसियाको छदिने भ्रमणका छन । त्यसै क्रममा उनको कोरिया भ्रमण पनि लगानीका बारेमा विशेष केन्ऽित छ ।
मोदीले भ्रमणका क्रममा दक्षिण कोरियाका व्यापारी, ठूला बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरुका साथै उद्योगीहरुसाग पनि लगानीसम्बन्धी वार्ता गर्ने जनाइएको छ । कोरियाली प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु हुन्डाई, सामसुङग र एलजीका प्रमुखहरुसाग पनि प्रधानमन्त्री मोदीले कुराकानी गर्नेछन् । ती कम्पनीका उत्पादनहरु भारतमा निकै नै लोकप्रिय छन् । ती कम्पनीहरुसाग पनि प्रधानमन्त्री मोदीले भारतमा थप लगानीको लागि आग्रह गर्नेछन ।
सोलमा रहेको भारतीय अर्थतन्त्र अनुसन्धान केन्ऽका अध्यक्ष ओ हा सुकले भने– अन्य एसियाली ठूला अर्थतन्त्रहरु जस्तै चीन र जापानको तुलनामा दक्षिण कोरियाको लगानी भारतमा कम रहेको छ । हुन त भारतमा आर्थिक विकासका क्षेत्रमा निकै धेरै सम्भावनाहरु रहेका छन् र त्यहााको जनसंख्या पनि ठूलो छ तर अन्य देशको तुलनामा भारतमा कोरियाको लगानी कम रहेको छ । प्रधानमन्त्री मोदीले भारतमा पूर्वाधार विकासका क्षेत्रमा कम्तीमा पनि दश अर्ब अमेरिकी डलरबराबरको सहयोगको अपेक्षा गर्नुभएको अनुमान गरिएको समाचारमा उल्लेख छ ।
भारतमा विशेषगरी सडक, रेलमार्ग तथा अन्य यातायातका पूर्वाधारहरुमा निकै नै पुरानो र कमजोर संरचना रहेकोले त्यसको फेरबदल र पुन:संरचनाका लागि प्रधानमन्त्री मोदीले दक्षिण कोरियाबाट कम ब्याजमा ऋण चाहनुभएको भारतीय सञ्चारले जनाएका छन् ।

तपाईको प्रतिक्रिया