धरान । नेपाल प्रहरीको जनशक्ति कम भएका कारण शान्ति सुरक्षामा चुनौति थपिदै गएको पाइएको छ । एक जना प्रहरीले ३ सय ८३ को सुरक्षा प्रदान गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जनतासँग सहकार्य नगरी शान्ति सुरक्षा कायम गर्न चुनौति देखिएको बताउनु भएको छ । धरानको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न इलाका प्रहरी कार्यालय धरान आउनु भएका डिएसपी मल्लले नेपालको जनसंख्या अनुसार नेपाल प्रहरीको जनशक्तिले एक जना बराबर ३ सय ८३ जनालाई प्रहरीले हेर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार नेपाल अधिराज्यभरि नेपाल प्रहरीको जनशक्ति ८९ हजार ५ सय ४१ रहेको छ, प्रदेश १ मा भने एक जना प्रहरीले ४ सय ६८ जना हेर्नुपर्ने देखिन्छ, सुनसरीमा भने एकजना प्रहरीले ७ सय ६२ जनालाई हेर्नुपर्ने अवस्था रहेको छ ।
उहाँ आफूले कार्य सम्पादन गरिसकेको दुईवटा जिल्लामध्ये संखुवासभामा जनसंख्या कमी भएका कारण एक जना प्रहरीले २ सय ४९ र पश्चिमको अर्घाखाँचीमा भने एक जना प्रहरीले ४ सय ४८ जनालाई हेर्नुपर्ने बताउनुभयो । उहाँले धरानमा भने दरबन्दी अनुसार प्रहरी जनशक्ति नपुग्ने बताउनुभयो । उहाका अनुसार धरानमा भएको दरबन्दी जति हो त्यस अनुसार हेर्दा ५ सय ६३ जनालाई हेर्नुपर्छ, यहाँ ४० जना जनशक्ति बढी छ, प्रदेशले जिल्लाले थप जनशक्ति प्रदान गरेको हो, प्रहरीले अहिले धरानमा १ हजार १ जना सेरोफेरोलाई हेर्नुपर्छ ।’ यो तथ्यांकलाई हेर्दा शान्ति सुरक्षामा जनतासँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । शान्ति सुरक्षाको हकमा सञ्चारकर्मीहरुको समेत उत्तिकै भूमिका रहने बताउदै यस विषयमा उनले सुझाव दिन समेत आग्रह गर्नुभयो ।
उहाका अनुसार प्रहरी दरबन्दी इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र पानमारा प्रहरी चौकीबाहेक अन्य स्थानमा नभएको बताउनुभयो । उहाँले धरानमा तीनवटा सहित ११ वटा थप गरी १४ वटा प्रहरी इकाई कार्यालयमा सुरक्षा प्रदान गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले धरानमा परेका विभिन्न मुद्धाको फेहरिस्त सुनाउनुभयो । उहाँका अनुसार आव ०७७÷०७८ मा ३ सय १८ मुद्धा इलाका प्रहरी कार्यालयमा दर्ता भएका थिए, ०७८÷०७९ मा ५ सय ११ बताउँदै लागू औषध कारोबारमा धरानमा ्रधेरै विकराल अवस्था देखिएको बताउनुभयो । उहाँका अनुसार लागू औषध मुद्दामा अघिल्लो आर्थिक बर्ष ०७६÷०७७ मा ५७ वटा मुद्धा दर्ता भएको, आर्थिक बर्ष ०७७÷०७८ मा घटेर ५५ वटा मुद्धा दर्ता भएको, ०७८÷०८९ को ८ महिनामा ४२ वटा मुद्धा दर्ता भएको भएको जानकारी दिनुभयो । यस पछाडि अभद्र व्यापारमा मुद्धा दर्ता भएको पाइएको बताउनुभयो । अभद्र व्यवहारमा आव ०७६÷०७८मा ९९ वटा मुद्धा, गत बर्ष अर्थात ०७७÷०७८ मा १ सय ३६ मुद्धा र आव ०७८÷०७९ को आठ महिनामा १ सय ४५ मुद्धा दर्ता भएको जानकारी दिनुभयो । उहँले बैंकिङ कसुर, आर्थिक ठगी, बैंक ठगी, चैक बाउन्डस् लगायताका मुद्धाहरु अहिले भयावह अवस्थामा बढ्दै गएको बताउनुभो । उहाँले यही रेसियामा बैंकिङ कसुर, आर्थिक ठगीका मुद्दाहरु बढ्दै जाने हो भने थेग्नै नसक्ने अवस्थामा पुग्ने बताउनुभयो । सो अवसरमा सञ्चारकर्मीहरुले शान्ति शान्ति सुरक्षाको विषयमा धरानको वास्तविकता बताउनु भएको थियो । धरानको लागू औषध नियन्त्रण सबैभन्दा चुनौतिको विषय रहेको बताउदै डिएसपी मल्लले यसमा सबै सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
