धरानमा ‘वान वे’ प्रणाली लागू

धरान बजारको टा«फिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गरेको छ ।  धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त टा«फिक व्यवस्थापनका लागि धरानमा एक तर्फी प्रणाली आजबाट गरेको होे । धरानमा २०४५ साल अघिसम्म एक तर्फी प्रणाली लागू गरिएको थियो । ०४५ सालको भुकम्प अगाडि लागू भएको एकतर्फी प्रणाली त्यस पश्चात यो प्रणाली अनुसार सवारी साधनहरु सञ्चालन भएको थिएन । धरानको मुख्य चौक भानुचौकमा अव्यवस्थित सवारी साधनको पार्किङले बजार क्षेत्र अस्तव्यस्त बन्दै गए पछि धरानका मेयर हर्कराज राईले एकतर्फी प्रणाली लागू हुने घोषणा गरेका थिए ।


मेयर स्तरीय निर्णय गर्दै जिल्ला टा«फिक प्रहरी कार्यालय, प्रहरी प्रशासनको सहायोगमा फागुन ८ गतेदेखि एकतर्फी प्रणाली लागू भएको हो । प्लान ‘ए’ अन्तर्गतको भानुचोकदेखि लक्ष्मी सडकसम्म एक तर्फी गरिएको छ । बजार क्षेत्रमा भानुचौक हुँदै लक्ष्मी चौकबाट पृथ्वी चौक हुँदै सिंहदेवी चौक, पुरानो बजार हुँदै देशीलाईनबाट पुनः भानुचौक आउने एक तर्फी प्रणाली लागू भएको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले बताउनुभयो । उहाँले अन्य सडकहरुलाई पनि विस्तार गदै लाने उहाँले बताउनुभयो टा«फिक व्यवस्थापनका लागि ल्याइएको प्लान ‘ए’ अभ्यासका रुपमा लागू गरिएको बताउदै अस्तव्यस्त पार्किङ र सवारीको भीडभाड घटाउन वान वेको अभ्यास शुरु गरेको उहाँको भनाई थियो । मेयर राईले प्लान ‘बी’ अन्तर्गत पहाडी क्षेत्रबाट आउने भाडाका सवारीलाई धरान १३ तिरै व्यवस्थापन गर्ने, इटहरीतिरबाट आउने सवारीलाई निर्माणाधीन नयाँ बसपार्कमा व्यवस्थापन गर्ने, चतरातिरबाट आउने सवारीलाई फोकल्याण्डतिरै व्यवस्थित गर्ने दीर्घकालीन योजना रहेको बताउनुभयो । शुरु गरिएको एकतर्फी बाटोले धरानमा टा«फिक व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्याकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले सबै मिले यो दीर्घकालीन हुने बताउनुभयो । धरानको टा«फिक व्यवस्थापनका लागि मेयर राईले गरेको निर्णय स्वागत गर्दै यातायात व्यवसायी, मजदुरहरुले सकारात्मक रुपमा लिएका छन् । घण्टौ टूाफिम जाममा पर्ने समस्या भएका उनीहरुले अब यस्तो समस्या नहुने प्रतिक्रिया दिएका छन् । उनीहरुले वान वे सञ्चालन गरेको प्रति स्वागतयोग्य काम भएको बताएका छन् ।
यो नियम ०४५ साल अघि सञ्चालनमा थियो, २०४५ साल भदौ ५ गते गएको भुकम्पपछि धरानमा एकतर्फी सडकको अवधारणाको विस्तारै उल्लंघन हुँदा निरन्तता पाएको थिएन । पुन ः मेयर साम्पाङले सम्बन्धित निकायसँग सहकार्य गरेर शुरु गरेको कामले टूाफक जामसँगै दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने यातायात व्यवसायी, मजदुर, टा«फिक प्रहरी तथा सर्वसाधारणले विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया