भ्यालेन्सियाका खेलाडीले जर्सीमा नेपाली अक्षर लेखेर खेले

नेपाली भूकम्प पीडितलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले आइतबार स्पेनी क्लब भ्यालेन्सियाका खेलाडीले सेल्टा भिगोविरुद्धको खेलमा नेपाली अक्षरमा नाम लेखिएको जर्सी लगाएर खेलेका छन ्।
नेपाली अक्षरमा खेलाडीको नाम लेखिएका जर्सी लिलामीमा राखिने भ्यालेन्सियाको आधिकारीक वेवसाइटमा जनाइएको छ । यसरी लिलामीबाट उठेको रकम अन्तराष्ट्रिय रेडक्रसमार्फत नेपालका भूकम्प पीडितका लागि नेपाल पठाइने क्लबले जनाएको छ ।यसअघि पनि इबरसाग भएको खेलको टिकट बिक्रीको २ प्रतिशत रकम यूनिसेफमार्फत नेपाली भूकम्प पीडितको लागि खर्च गर्ने भ्यालेन्सियाले जनाएको थियो ।

तपाईको प्रतिक्रिया