फरार प्रतिबादी पक्राउ

मोरङ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको (रिट) समुहबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । चेक अनादर मुद्धामा मोरङ जिल्ला अदालत बिराटनगरले ०७६ भदौ ३ गतेको फैसलाले १ महिना कैद र ३ हजार रुपैया जरिवाना तोकेको थियो । फरार हरेका गढी गाउँपालिका–२ सुनसरीका २९ बर्षीय दिवाकर यादबलाई गाउँघरमा नै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका यादबलाई मोरङ जिल्ला अदालतमा दाखिला गराइएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

तपाईको प्रतिक्रिया