झापा । झापाको कमल गाउँपालिका–३ र दमक नगरपालिका–६ ट्याक्सी स्टेण्डबाट अबैध कपडा सहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार अपरान्ह कमल गाउँपालिका–३ केर्खा स्थित पुर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिम तर्फ आउदै गरेको मे.१ज २८०४ नम्वरको पिकअप गाडीमा अवैध रुपमा ल्याउदै गरेको करिव १४ लाख ८० हजार ७ सय ७८ रुपैया मुल्य बराबरको विभिन्न किसिमका सारी लगायतको कपडाहरु बरामद गरेको थियो ।

यसै गरी सोही टोलीले दमक–६ स्थित ट्याक्सी स्टेण्डमा प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप गाडीलाई चेकजाच गर्ने क्रममा करिव ६ लाख ६१ हजार ७ सय ४१ रुपैया मुल्य बराबरको विभिन्न किसिमका सारी लगायतको कपडाहरु बरामद गरेको हो । दुवै पिकअपका चालक हल्दीबारी–२ झापाका २४ बर्षीय जनक कर्मकार र भद्रपुर–५ का ३२ बर्षीय अनिल वि.क. पक्राउ गरी
प्रहरीले अनुसन्धान थालेको छ ।
