मोरङ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (रिट) बाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका एक जना फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–९ सुनसरीका ६१ बर्षीय लक्ष्मण शाक्य रहेका छन् । सवारी ज्यान मुद्धामा जिल्ला अदालत धनकुटाको फैसलाले १ बर्ष कैद र ५ सय रुपैया जरिवाना गरिएका उनी फरार रहेका थिए । फरार रहेका शाक्यलाई खोजतलासको क्रममा गाँउघरमा नै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई सुनसरी जिल्ला अदालत इनरुवामा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।
