लागुऔषध दुव्र्यसनीहरुलाई मनोसामाजिक परामर्स

मोरङ । लागू औषध दुव्र्यसनीलाई मनोसामाजिक परामर्श सेवा दिन थालिएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु’ अभियान २०७९ अन्तरर्गत दुव्र्यसनी युवाहरुलाई सामाजिक मनोपरामर्श सेवा दिन थालिएको हो ।


यही अभियान अन्तर्गत शक्रबार प्रदेश १ प्रहरीले झापा र मोरङका सिमावर्ती क्षेत्रमा रहेका ८० जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरेको थियो । लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुव्र्ययसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार परामर्श दिन थालिएको प्रदेश १ प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत, प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिनुभयो । शनिवार दिउसो बिराटनगर–१६ मा रहेको क्यानको भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ५० जना लागुऔषध दुर्ब्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरेका थिए भने झापाको भद्रपुर, मेचिनगर–६ मेची पुलमा रहेको होल्डिङ सेन्टर र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा समेत गरी ३० जना लागुऔषध सेवनकर्ताहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया