दुर्घटनामा एकजनाको मृत्यु

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१८ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ साढे ६ बजे बिराटनगर तर्फ आउदै गरेको एनएल ०२ जी ८९५२ नम्बरको फलाम बोकेको टेलर गाडीले बिपरीत दिशा तर्फ जाँदै गरेको मे. १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । बिराटनगर भंसार कार्यलयमा सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका–१३ झापाका ४४ बर्षीय राजेन गिरीको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।

तपाईको प्रतिक्रिया