झापा । झापाको काँकरभिट्टा र भद्रपुरबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मुल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ ।
शनिवार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–६ गैरी गाँउबाट बिभिन्न प्रकारका कपडा, झोला र पुजामा प्रयोग हुने सामानहरु बरामद गरेको हो ।
बरामद गरेको सामान करिव १ लाख १२ हजार बरावरको रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–५ मा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ९ बोरा (३४२ किलो ग्राम) तयारी चियापत्ती बरामद गरेको हो । बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।
