लागुऔषध सहित पक्राउ

मोरङ । मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउसो बिराटनगर महानगरपालिका–१५ मा लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका इटहरी उपमहानगरपालिका–३ सुनसरीका ३३ बर्षीय दिपेश राईलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट ४ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसैगगरि झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर–६ का ३३ बर्षीय शिव श्रेष्ठ र ३३ बर्षीय बिजय तिवारीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । बरामद गरेको ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ छ ।

तपाईको प्रतिक्रिया