दुहबी । सुनसरीको दुहबीमा सम्पन्न दोस्रो सोनापुर गोल्डकपको उपाधी दमक फुटबल एकेडेमी झापाले जितेकोे छ । दमक फुटबल एकेडेमी झापाले इटहरी फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पछि पार्दै जित हात पारेको हो । मेमोरी युवा क्लब सोनापुरको आयोजनामा शनिबार भएको फाइनल खेलमा इटहरी फुटबल क्लबका खेलाडी प्रवेश दनुवारले खेलको ५१ औं मिनेटमा सुसाइड गोल गरेपछि दमक फुटबल एकेडेमी झापाको बिजय सुनिश्चित भएको थियो । दमक फुटबल एकेडमीले उपाधी सहित २ लाख नगद तथा ट्रफी प्राप्त गरेको छ भने उपबिजेता इटहरी फुटबल क्लब सुनसरीले १ लाख नगद तथा ट्रफीमा चित्त बुझाएका छ ।

विजेता तथा उप विजेता टिमलाई ए नम्बर प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो । खेलको उत्कृष्ट खेलाडी इटहरी फुटबल क्लबका खेलाडी रमेश राजवंसि घोषित भए । उनले नगद २५ सय मेडल प्राप्त गरे । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी दमक फुटबल क्लबका आशिष लावती घोषित भए। उनले ५ हजार नगद मेडल प्राप्त गरे । प्रतियोगिताभर सर्वाधिक गोलकर्ता आयोजक क्लबका खेलाडी भुवन बस्नेत घोषित भए। उनले ४ हजार नगद मेडल प्राप्त गरे ।
