घण्टाघरबाट हेर्दा

शितल निवास महारानीको लठैत
जस्को सिदा खायो उसैको कन्पारोमा टुटुल्को उठायो । सच्चा गणतन्त्रमा यस्तै हुन्छ । अब हेरम अस्तिका दिन शितल निवासे महारानीलाई संसद भवन ल्याउँदा चाकडी चौकन्डीका मतियार सुरक्षेकर्मीले ताण्डव नृत्य देखाएछन् । घण्टौसम्म जन्तालाई हल न चल गर्न दिएनछन् । ट्रमा सेन्टरका डाक्टर विरामी उपचार गरेर निस्कँदा समेत छोडेनछन् । नव महारानीको सुरक्षालाई ध्यानमा देको रे । तिनै जनता र डाक्टरहरुको करबाट पालिएका सुरक्षेकर्मी, महारानीले तिनैलाई भकुर्छन् भने गणतन्त्र कस्का लागि ? हिजो खुबै ढुंगा हानेर राजसंस्था फाल्या थ्यौं । अब टाउमा टुटुल्को उठाएर बस । फेरि ती नव महारानीले संसद भवनमा ताइ न तुइको भाषण गरेर के लछारपाटो लाग्छ ? जनतालाई सास्ती दिएर, डाक्टरका टाउकोमा टुटुल्को उठाएर के जितिन् होला महारानीले ? शितल निवासबाट संसद भवन नै लैजानु थियो भने थपक्क टेम्पोमा चढाएर सुटुक्क पु¥याएको भए वातै खँलास हुन्थ्यो । न जनताले दुःख पाउथे न डाक्टरको टाउकोमा टुटुल्को उठ्थ्यो ।
सा“ढे सा“ढिनीलाई डामेर छोड्या हो ?


रवि लामिछानेको नागरिकता छानबिन गर्ने अदालतले अरुका दोहोरो नागरिकताको छानविन किन नग¥या होला । लामिछानेको नागरिकता मुद्दा छानविन गर्ने बाख्रे अनुहार परेका वकिलले अरु दोहोरोवालाको मुद्दा किन दर्ता नगरेको होला ? रविलाई अनागरिकको फैसला गर्ने न्यायाधीशको, तिनका सन्तानका नागरिकता दोहोरो छ कि तेहोरो हेर्नु पर्दैैन ? गिर्जाउपुत्री जर्मन नागरिक सुजाता जोष्ठको, प्रचण्डाउ पुत्री दार्जिलिङ्ग निवासी गंगा प्रधान, भरतपुर नगरपालिकाकी मेयर रेणु पाण्डे, देवेन्द्रराज कर्णेल, कैलाश सिरोयाहरुको नागकिरता त्यो बा्रखे वकिलले देख्या छ ? सुजाता जोष्ठ कोइराला थर लेख्छिन्, प्रचण्डाउका दुवै छोरी दाहाल लेख्छन् । तिनले आफ्नो लोग्नेको थर लेख्नुर्पदैन ? यी सबै डामेर छोड्या साँढे साँढेनी हुन् । यिन्का बारेमा कस्ले बोल्ने ? यिन्का बारेमा फैसला गर्दा न्यायाधीशले नि सुरुवाल बिगार्छन् । वात करता है ?
हदै सम्म निर्मम हुन्छ रे
आफ्नो ल्याकतमा होइन अरुको बुई चढेर मपाई बन्ने गरेका पर्धानमन्तरी प्रचण्डाउले अस्तिका दिन भन्या सरकार भ्रष्टाचारका विरुद्धमा हैदसम्म निर्मम हुन्छ रे । क्या डाइलग ठोक्देछन् । प्रचण्डाउका गफ नेपाली जन्ता कस्ले पो त्याउँछ र ? हिजोको दिनमा आफैले क्यान्टोन्मेन्टको लाखौ रुपैयाँ बजाएको, तीन तोला सुन र एक कट्ठा जग्गा मात्र भए पनि सिंगापुर, अमेरिका उपचार गर्न जान सक्ने, दर्जनौ उद्योगमा लगानी गर्ने । हैट † क्या गफ दिएको हौ ? अहिलेचाहिँ भ्रष्टाचारका विरुद्ध निर्मम हुन्छु भनेर कस्ले पत्याउने ? हुन त यति त बोल्नै प¥यो । बोल्दैमा के ख्यासिन्छ र ? कहिले पार्टीको नाम र चुनाव चिन्ह फेर्छु भन्छन्, कहिले फेरि पुरानै जारसँग हनिमुन मनाउन ठिक्क पर्छन् । बेसरमको हद हुँदैन भन्थे हो रै’छ ।
माकुनेको हलीले फिर्ता गरेनन्
विना ढेउवा, विना भिषामा युवाहरुलाई बाहिर पठाउने ल्याकत राख्ने माकुनेका सबैभन्दा विश्वासिला दाश राजेन्द्र पाण्डेले गुन्द्रुकको झोलामा जात फाल्या रै’छन् । बडो आदर्शको कुरा गर्ने पाण्डेले हिजो बागमति प्रदेशको मुख्यमन्त्री हुँदा सरकारले सुविधाका लागि दिएको गाडी अहिलेसम्म फिर्ता ग¥या रै’नछन् । मुख्येमन्त्रीबाट खुस्केसी ७ दिनभित्रमा गाडी फर्ता गर्नुपर्ने थियो । तर तिन्ले अलिहेसम्म फिर्ता ग¥या छैनन् । हुन त के फिर्ता गरुन ? माकुनेका दाश न परे । गाडी फिर्ता गरेर पैदल हिँड्ने कुरा पनि भएन । पैदल हिँडदा जोरीपारिले बजाउलान् भन्ने त्रास । माकुनेले ललिता निवासै भ्यादिएका छन् । दाशले जाबो गाडी भ्याइदिए के विराए ? भ्याइदेओ भ्याइदेओ । यो मुलुकमा जस्ले सक्छ त्यसैले भ्याइदिने हो ।
कोइरी सांसदलाई उन्मुक्ति
एमालको हत्यारा सांसद खै के जाति कोइरी हुन तिनलाई उन्मुक्ति मिलेको छ । कोइरी सांसदलाई पक्राउ गर्न अरुको त ल्याकत पुग्दैन । पुगोस पनि कसरी ? सत्ताको साँचो उखानेसँग छ अनि अर्को के जाति खानेसँग सिंह दरबारको कुर्सी छ । कोइरीलाई गृहमन्त्री छँदा रवि लामिछानेले भ्याकुरो खेदेझै खेदेर अँठ्याउन लाग्या थिए । उखानेसँगै ¥याल खानेहरुले न्यायाधीशलाई पासो थाप्न लगाइहाले । पासोमा परेका लामिछानेले कोइरीलाई अँठ्याउन सक्ने कुरा पनि भएन । अब कोइरीलाई अँठ्याउन रवि लामिछाने फेरि गृुहेमन्तरी हुनैपर्छ । नत्र उही हो । कि कसो हौ ?
झलु अझ हाब्रो बाइराछन्
संघीय निर्वाचनमा आफ्नै घरेलु जिल्ला इलामबाट कन्दनी चुँडिएर लगौटी खसेर आत्तिदै भागेका झल्लाझलु आच्या सर्पनाथ खनाल अझै पनि राष्ट्रपति पाउँछु कि भनेर हाब्रो बाएर बस्या रै’छन् । कस्ता कस्ता तीसमार खानहरु अमिलो मुख लगाएर पन्छिइसकेका छन् । झलुले किन हाब्रो बाएका होलान् ? राष्ट्रपति पाए शितल निवासमा पाँच बर्षसम्म रैदलो गरमला भन्ने लाग्या होला । आकाशको फल आँखा तरी मर भनेझै झल्लुलाई राष्ट्रपतिमा कस्ले अगाडि सार्ने ? सारि हालेनी तिन्लाई कस्ले मत दिने ? अस्तिका दिन बिराटनगर आएर भनेछन् राष्ट्रपति राजनैतिक व्यक्तिलाई नै दिनुपर्छ । गैर राजनीतिक व्यक्तिले केही बुझ्या हुँदैन रे । वाह † झलु वात त फाइदाकै गरेछौं ।
च्या“खे दाउमा ¥याले काजी
तिरिक तिरिक ¥याल चुहाएर ठँसठस्ती उँग्ने अनि गोवरले भान्छा लोटाए झै हत्केलाले थुतुनोभरि दल्ने ¥याले काजी हिजोआज राष्ट्रपतिको च्याँखे दाउमा लाग्या छन् । यसका लागि पोइल गैसकेकी जोइलाई फकाउन कहिले भोजपुरे कार्की, कहिले जनकपुरे कायस्थ, कहिले बुटवले खाँड, कहिले मकवानपुरे मैया, कहिले दाङकी दंगाल्नी, कहिले किचेन क्याविनेटका ठोकन थापालाई पठाइरहेका छन् । पोइल गएकी जोइ समेत अलि भावुक देखिन थाल्या छ । तिनको थुतुनोले हिजोआज राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति नयाँ गर्नुपर्छ भन्न थाल्या छ । जारको कुरा मान्नु नै थियो भने फुइøयाँ खान पोइल गा’को ? वित्पातेहरुको कुरा बुझ्न साह«ै गाह«ो भयो ।
अन्तेमा
नेपालमात्र यस्तो देश कहो जहाँ कर नागरिकबाट हड्डी भाँँचेर लिइन्छ तर कर जति सबै नवराजा महाराजा पाल्न खर्च गरिन्छ विकास गरिदैन । देशाँ पुलिस छ तर कर तिर्ने
नागरिक सधै असुक्षित छन् । देशााँ अदालत छ कसैका मुद्दा १० औ बर्ष फैसला गरिदैन तर कसेको रातारात बत्ती बालेर फैसला गरिन्छ । देश छ तर नागरिकलाई भरोसा छैन । यताबाट विदेश जानेहरुको एउटै पहिचान हुन्छ नेपाली । तर यही बस्नेले उसको पहिचान कि त काँग्रेस हुन्छ, कि त एमाले हुन्छ, कि त माओवादी हुन्छ, कि त राप्रपा हुन्छ, कि त स्वरुपा हुन्छ , कि त जसपा हुन्छ, कि त तमलोपा हुन्छ……..। अनि फुइøया हुन्छ ?

तपाईको प्रतिक्रिया