पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका २ राई गाँउ बस्ने २३ बर्षीय मनोज राईलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । राईलाई बेलुका ८ बजे अस्थायी प्रहरी पोष्ट नावाखोलाबाट खटिएको प्रहरी टोलीले एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार बन्दुक सहित बन्दुकमा प्रयोग हुने कार्तोज, बारुद, केप, सलाई समेत बरामद गरिएको छ ।
पक्राउ गरिएका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
