खैरो हिरोइनसहित पाँच जना पक्राउ

झापा । झापा जिल्लाको ठाउँ ठाउँमा लागुऔषध खैरो हिरोइनसहित ५ जनालाई प्रहरी टोलीले शनिवार पक्राउ गरेको छ । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार भद्रपुर नगरपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी गाउँपालिकाबाट उनीहरूलाई खैरो हिरोइन सहित पक्राउ गरिएको हो ।


कमल गाउँपालिका–३ का ३५ वर्षीय राजकुमार लावतीलाई उनको घरैबाट ३ ग्राम ४ सय मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको छ । भद्रपुर–२ गौरीशङ्कर टोलबाट सगरमाथा चौक बस्ने ४० वर्षीय दीपक राई र २० वर्षीय सन्देश बास्तोलालाई १ ग्राम ४सय मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको छ । यसैगरी गौरीगञ्ज गाउँपालिका–१ भाङडाँडाबाट शिवसताक्षी नगरपालिका–६ का ३० वर्षीय सन्तोष तजपुरिया र वडा ४ का ३१ वर्षीय विकाश श्रेष्ठलाई ५ ग्राम खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हो । लागूपदार्थ सहित पक्राउ गरिएको पाँचै जनालाई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया