मोरङ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रहरी संगठनमा समयानुकूल प्रशिक्षणको आवश्यकता रहेको बताउनु भएको छ । प्रहरी प्रमुख ज्ञावलीले एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको निरीक्षणको क्रममा ज्ञवालीले यस्तो बताएका बताउनु भएको हो । उहाले भन्नुभयोे–‘प्रहरी संगठनलाई समयानकूल बनाउन आवश्यक छ, सक्षम तथा प्रभावकारी संगठन बनाउन आवश्यक छ ।’

सो अवसरमा उहाँले प्रहरीलाई निर्देशन समेत दिनु भएको थियो । निर्देशनमा उहाँले प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भूमिका रहेको बताउँदै सक्षम र प्रभावकारी प्रहरी संगठनको उपस्थिति कायम राख्न समयानूकल परिवर्तनको खाँचो ्ररहेको बताउनु भएको थियो । उहाँले भन्नुभयो– ‘अनुशासन प्रहरी संगठनको गहना हो, तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै कार्यक्षेत्रमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्छ, सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित सहयोग पुग्छ ।’
