धनकुटाको कन्सर्टमा दुर्घटना

धरान । धनकुटामा माघ पहिलो सातादेखि शुरु भएको प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवको नवौ दिनमा कन्सर्ट हेर्न जाने क्रममा ठूलो दुर्घटना भएको छ ।
कन्सर्ट हेर्न गएकाहरुबीच ठेलमठेल हुदा एकले अर्कोलाई थिच्ने क्रममा ४० जना भन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये सामान्य घाइते भएकाहरुलाई जिल्ला अस्पताल धनकुटामा उपचार गरेर डिष्चार्ज भएर घर फर्किएका छन् भने गम्भीर प्रकृतिका १९ जना घाइतेलाई भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । घाइतेमध्ये ८ जना बालबालिका रहेका छन् । ६ जना बालबालिकाको बीपीमै उपचार भइरहेको छ भने दुईजनाको अवस्था गम्भीर भएका कारण विराटनगर लगिएको छ ।


यो महोत्सव छैठौ महोत्सव हो । धनकुटा महोत्सवमा भएको दुर्घटना पहिलो भने होइन । चौथौ महोत्सवमा पनि कन्सर्ट हेर्ने क्रममा ठेलमठेल हुदा चार जना सामान्य घाइते भएका थिए । तर आयोजकले विगतको घट्नापाट पाठ सिकेर सावधानी नपआउँदा महोत्सवमा आएका सर्वसाधारण दुर्घटनामा परेका हुन् । घटना १४ गते शनिवारको हो । महोत्सवअवधिभर राष्टिूय कलाकाररुको दमदार प्रस्तुति हुने गरेको महोत्सवमा शनिवार गायक प्रमोद खरेलले प्रस्तुत दिन लाग्नु भएको थियो । शनिवार त्यसमाथि पनि नेपालका लोकप्रिय गायक खरेल आउने भनिए पछि धनकुटाबाटमात्र हैन, तेह्रथुम, संखुवासभा सम्मका दर्शक ओरिएका थिए । धनकुटाको टुडिखेलमा आयोजित महोत्सवमा कन्सर्ट हेर्न जानेहरु धेरैले टिक लिएर गेटमा उभिएका थिए भने केहीले टिकट लिन बाँकी थियो । आयोजना स्थलमा पूर्व र पश्चिम दुईवटा प्रवेश ढोका राखिएको थियो । तर पश्चिमपट्टिको प्रवेशद्वारमा अत्याधिक चाप थियो । जब आयोजकले ढोका खोलिदियो लाइनम बसेकाहरु एकाएक भित्र छिर्न खोज्दा ठूलो भीडका कारण एकले अर्कालाई ढकेल्ने क्रममा कन्सट हेर्न गएकाहरु ल्ड्ने, लडेकाहरुलाई माथिबाट थिच्ने, टेक्ने गर्दा धेरै सर्वसाधारण घाइते भए । यो घट्ना करिब ७ ः ३० बजेको हो । कन्सर्ट ८ बजेबाट शुरु हुने भनिएको थियो । भीड देख्दा देख्दै एकैपटक गेट खोलिदिँदा भीड नियन्त्रण हुन नसक्दा घट्ना भएको घाइतेहरु बताउँछन् । संखुवासभा घर भएका तर धनकुटामा डेरा गोकेण्डेश्वर माविमा अध्ययन गर्दै आएका १७ बर्षीय नविन पौडेलले भीडले ठेलमठेल हुदा घट्ना भएको बताउनुभयो । लडेका कारण अरुले किल्चिदै हिड्दा घाटीमा समस्या भएका उहाँले आयोजकले एकैपटक गेट खोल्दा लडेर आफ्नो यस्तो अवस्था भएको बताउनुभयो । भाइसँगै कन्सर्ट हेर्न जाँदा खुट्टामा सामन्य चोट लागेका र भाइलाई बीपीमा उपचारका लागि लिएर आएका गिरिराज कार्की भने आयोजककै लापारबाहीका कारण महोत्सवमा यत्रो ठूलो दुर्घटना हुन गएको बताउनुहुन्छ । उहाँले घट्नाको स(विस्तार बताउदै आयोजकले एकैपटक गेट खोलिदिँदा भित्र पस्न आतुर सर्वसाधारणको ठेलमठेलका कारण यो घट्ना घटेको बताउनुभयो । महोत्सव उद्योग वाणिज्य संघ धनकुटाले गरेको हो । घाइते सबैको उपचार संघले गरिदिएको छ । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले यो घट्ना आयोजकको लापारबाहीका कारण नभई दुर्घटना भएको बताउनुभयो । उहाँले छैठौ महोत्सवमा कन्सर्टृमा आउँदा सानो दुर्घटना हुदा तीन चारजना सामान्य घाइते भएको बृतान्त बताउँदै सुरक्षाकर्मी, स्वयम्सेवक खटाउँदा खटाउँदै पनि ठूलो दुर्घटना हुन पुगेको बताउनुहुन्छ । उहाँले एक त शनिवार, त्यसमाथि गायक प्रमोद खरेल आउने भएपछि मानिसको भीड अचाक्ली रहेको बताउदै ७ हजार टिकट काटिस्रक्दा पनि टिकट सकिएर नभ्याएको बताउनुभयो । कार्यक्रम सञ्चालन हुनु अगावै दुर्घटना भएका कारण शनिवारको कन्सर्टलाई स्थगित गरिएको बताउनुभयो । उहाँले अस्पतालमा लाग्ने सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने बताउदै दुर्घटनामा परेर घाइते भएका सबैलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । घाइते भएर बीपी ल्याइएकाहरुमा धनकुटा ७ हुलाक टोलका ४० बर्षीय सन्दिप साह, संखुवासभाका १७ बर्षीय नविन पौडेल, धनकुटाकी ३० बर्षीय विनिता लिम्बु, ३० बर्षीय अनुष्का याख्खा, महालक्ष्मी नगरपालिकाकी ५० बर्षीया गोमा कार्की, २३ बर्षीया अनिषा राई, ३३ बर्षीया माया लिम्बु लगायत रहेका थिए भने बालबालिकामा बालबालिकाम ७ बर्षीय हविहाङ लिम्बु, ६ बर्षका प्रकट श्रेष्ठ, १२ बर्षीय प्रवेश राई। १२ बर्षीया श्रेया कटुवाल, १३ बर्षीया शान्ति योगी लगायत रहेका थिए । उनीहरुको अधिकांशको टाउको, घाटी, खुट्टामा चोट लागेको थियो । समयमै एम्बुलेन्स नपाएपछि घाइते कतिपयलाइ आफ्नै नीजि सवारी साधनमा समेत प्रतिष्ठानसम्म ल्याइएको थियो । सानो हेलच्याक्र्याईले ठूलो दुर्घटना निम्त्याएको छ, महोत्सव आयोजनाले गर्नेले महोत्सवलाई व्यवस्थित गर्ने कुरामा केन्द्रित हुन नसक्दा यो घट्ना घटेको घाइतेहरुको आरोप छ ।
त्र

तपाईको प्रतिक्रिया