मोरङ । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छलेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल भित्राउदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको हो ।

सिमावर्ती इलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अबैधरुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको खाधान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्प्ल, लत्ताकपडा तथा माछा लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानहरु करिव ४ लाख २७ हजार रहेको र आवश्यक कारवाहीको लागि सम्वन्धित भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
