धरान/धरानको मेरीगोल्ड बोर्डिड स्कुलमा नर्सरीदेखि ५ कक्षासम्म पढेर
धरानकै विजयपुर उच्च माविबाट एसएलसी दिएकी धरान–१६ निवासी सञ्जीता प्रधान (श्रेष्ठ) संसारका शक्तिशाली अमेरिकी
राष्ट्रपति बाराक ओबामाको सल्लाहकार िनियोगकी सदस्य नियुक्त भएकी
छिन् ।
अमेरिकी नागरिकता प्राप्त गरी आÏनो क्षेत्रमा विशेष दक्षता प्राप्त गर्नेहरुले मात्र मौका पाउने सो नियोगका ११ सदस्यमध्ये सञ्जिता पहिलो नेपाली महिला हुन् । यसअघि कुनै नेपाली अमेरिकाको त्यति उच्च पदमा पुग्न सकेका थिएनन् ।
शनिबार उनीहरुलाई नियुक्त गरेको घोषणा गर्दै राष्ट्रपति बाराक ओबामाले असाधारण दक्षता र क्षमता भएका यी महिला तथा पुरुष सल्लाहकारहरुबाट अमेरिकी जनताले राम्रो सेवा पाउनेछन् भन्नेमा आफू विश्वस्त रहेको भनी बताएको समाचार विश्वका प्रसिद्ध अखबारहरुले प्रकाशित गरेका छन् ।
यहाा स्मरणीय कुरा के छ भने सञ्जिता प्रधान धरान १६ स्थित प्राधिकरण लाइनका एस नारायण श्रेष्ठकी छोरी हुन् । उनी २०३२ सालमा चैनपुर जिल्लामा जन्मिएर त्यहीाको बालमन्दिरमा अध्ययन गरी पछि आफ्नै ठूलो बुबाले सञ्चालन गरेको मेरीगोल्ड बोर्डिङ्ग स्कुलमा कक्षा ५ सम्म पढेर विजयपुर बोर्डिङ्ग स्कुलबाट एसएलसी दिएकी थिइन् । एसएलसीपश्चात उनले छात्रवृत्ति पाएर चितवनको कृषि इन्जिनियरिङ्गबाट आइएस्सी गरिन् । पुन: उनले छात्रवृत्ति भारतको लड्कीबाट सूचना प्रविधि (आइटी) विषयमा विडिएस गरिन् । वि.सं. २०६० सालमा भारतीय सिलुगुढीका भुषण प्रधानसाग डिभिमा अमेरिका पुगेकी उनी एसिया एण्ड प्यासेफिक आइल्याण्ड विभागमा मानव अधिकार क्षेत्र हेर्ने अधिकारी थिइन् ।
