भारतीय राजदुतद्वारा जैलाटोलको निरीक्षण

राजधानी/वैसाख १२ गते गएको ७.९ रेक्टर स्केलको भुकम्पले क्षत विक्षत बनाएको भक्तपुरको जैलाटोल महेश्वरी चौर वडा नं.–२ को भारतीय राजदुत
रन्जित रायले निरीक्षण गर्नुभएको छ ।
नेपाली सेनाको नेतृत्वमा भारतीय सेना संलग्न टोलीले उक्त स्थानमा उद्धार, राहत र भत्किएको भग्नावसेस हाटाउने कार्य गरिरहेको छ । विध्वंसकारी भुकम्पले भक्तपुरमा मात्र झण्डै चारसय मानिसको मृत्यु भएको छ भने हजारौ घाइते भएका छन् । भुकम्पले भक्तपुरको अत्यन्तै पुरानो परम्परागत बस्ती जैलाटोल महेश्वरी वडा न. २ सबैभन्दा बढी प्रभावित भएको छ । सो अवसरमा राजदुत रायले उद्धार तथा राहतमा संलग्न भारतीय सेनालाई उद्धारमा कुनै कसर बाकी नराख्न निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया