राजधानी । भारतीय राजदुतावास काठमाण्डौले गत हप्ता ४८ औं विश्व हिन्दी दिवस दुतावास परिषरमा भव्यताका साथ सम्पन्न गरेको छ । जनवरी १० तारेखलाई भारतले विश्व हिन्दी दिवसको रुपमा मनाउँदै आएको छ । विश्व हिन्दी दिवस भारतमा मात्र नभएर विदेशमा रहेका आÏना कुटनीतिक नियोगहरुमा पनि विविध कार्यक्रमका साथ भव्यरुपमा मनाउँदै आएको छ ।
भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीका अनुसार विश्व हिन्दी दिवस भारतीय राजदुतावास र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभागद्वारा संयुक्त रुपमा मनाइएको हो । दुतवासमा डेपुटी चिफ अफ मिशन प्रशान्त श्रीवास्तव, त्रिभुवन विश्व विद्यालय हिन्दी विभागकी प्रमुख डा. सञ्जिता बर्माको उपस्थितिमा प्रतिनिधिसभाको सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष मंगलप्रसाद गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै हिन्दी मञ्च नेपालका अध्यक्ष मंगलप्रसाद गुप्ताले भन्नुभयो नेपाल र भारतबीचको साँस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन हिन्दी भाषाले महत्वपूर्ण भूमिका खेलेको छ । उहाँले भन्नुभयो आज हिन्दी भाषाको विश्वव्यापी महत्व र राष्ट्रिय जगतमा हिन्दी भाषाको सान्दर्भिकता बढेको छ । यसैगरि भारतका प्रतिष्ठित भाषाविद् डा. विमलेश कन्टी वर्मा, नेपालका बरिष्ठ हिन्दी साहित्यकार तथा विद्वान गंगाप्रसाद अकेला, डा. राम दयाल राकेश कार्यक्रको सम्मानित अतिथतिका रुपमा रहनु भएको थियो । डा. विमलेश कान्ती वर्माले संक्षिप्त सम्बोधन गर्दै भन्नुभयो हिन्दी अनुसन्धानमा विशेष गरि यसको इतिहास, अन्य अन्र्तष्ट्रिय भाषाहरुसँगको सम्बन्ध र समकालीन समयमा विकासको सन्दर्भमा उहाँले आफ्नो अनुभवहरु सुनाउनु भएको थियो । दुवतासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हिन्दु दिवसका अवसरमा दिनु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उहाँले नेपाल र भारतबीचको मित्रतालाई हिन्दीको माध्यमबाट थप सुमधुर बनाउन योगदान पु¥याउने, नेपालका हिन्दी प्रेमी, विद्वान र साहित्यकारप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रमको पूर्व सन्ध्यामा काठमाण्डौको विभिन्न विद्यालयहरुमा हिन्दी कविताहरु वाचन गरिएका थिए । जसमा विद्यार्थीहरुले आजादीका अमृत महोत्सव शिर्षकमा कविताहरु वाचन गरेका थिए । कविता वाचनमा सहभागी विद्यार्थीसँगै त्रिभुवन विश्व विद्यालय हिन्दी विभागका एमए उत्तीर्ण विद्यार्थीहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो यसैगरि स्वामी विवेकानन्द कल्चर सेन्टर काठमाण्डौका संगीततर्फका विद्यार्थीहरुले सामुहिक सांगीतिक प्रस्तुति समेत दिएका थिए । स्वामी विवेकानन्द कल्चर सेन्टरका निदेशक डा. आस्वर बापटले देवनागरिक लिपी र यसको विशेषताको बारेमा संक्षिप्त धारणा राख्नु भएको थियो । यसैगरि त्रिभुवन विश्व विद्यालय हिन्दी विभाग प्रमुख प्रा.डा. स्वेता दिप्ती, मञ्चला झाले पनि हिन्दी भाषाको महत्वका बारेमा प्रकाश पाुर्नभएको थियो । कार्यक्रमको दोस्रो सत्रमा नेपाल र भारतका कविहरुको सम्मेलन अयाोजना गरिएको थियो । जसमा सहभागी कविहरुले हिन्दी, नेपाली, उर्दु भाषामा कविता वाचन गरेका थिए । यहाँ स्मरणीय कुरा के छ भने सन् २०७५ जनवरी १० तारेखका दिन भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन भएपश्चात भारतले हरेक बर्ष १० जनवरीलाई विश्व हिन्दी दिवसको रुपमा मनाउदै आएको छ ।
