कृषि बजारमा विचौलियाको बिगबिगी

धरान । धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार पूर्वी पहाडी क्षेत्रका किसानहरुको खरिद विक्री गर्ने मध्यविन्दु बनेको छ । यस बजारमा कोशी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाबाट उत्पादन भएका कृषि जन्य सामाग्री तथा खसी बोका विक्रीका लागि आउने गरेको छ । तर विचौलियाका कारण कृषकहरुले उचित मूल्य पाउन सकेका छैनन् । विचौलियाहरु घर घरमै पुगेर कृषकले उत्पादन गरेको सागसब्जी तथा खासीबोका खरिद गरेर कृषि बजारमा ल्याएर मंहगोमा विक्री गर्ने गर्छन् । जसले गर्दा कृषकहरु मारमा परेका छन् । विचौलियालाई नियन्त्रण गर्न नसक्दा कृषकहरु मार्कामा पर्ने गरेको कृषि बजारले जनाएको छ । धरान १३ मा रहेको कृषि बजार पूर्वी पहाडी जिल्लामा उत्पादन भएका कृषि सामाग्ी तथा चौपायाको खरिद विक्रीको स्थल बनेको छ । कृषकले उत्पादन  गरेको कृषि सामाग्री तथा चौपाया यही बजारमा ल्याएर विक्री हुने र यहाँबाट नेपालका विभिन्न स्थान र भारतसम्म निर्यात हुने गरेको छ ।
यस बजारमा प्रत्येक शुक्रबार खसी बोकाको कारोबार राम्रै हुने गरेको छ । बजारमा कृषकले पालेका खसीबाख्रा प्रसस्तै आए पनि बजारसम्म खरिदका एक आद्य कृषकबाहेक बजारसम्म ल्याउने व्यक्ति भने विचौलिया हुने गरेको छ । गाउँ गाउँ पसेर सस्तो मूल्यमा खसी बोका ल्याउने र कृषि बजारमा विक्री गर्ने काम विचौलियाले गर्ने गर्छन् । गाउँबाटबाट ल्याउने पनि विचौलिया र त्यहाँ खरिद गर्ने पनि विचौलिया नै हुने गरेका छन् । विचौलियाले कसैले त्यही खरिद गरेर त्यही विक्री गर्छन भने कतिपयले खरिद गरेर बाहिर लाने गर्छन ।


विचौलियाले तौलमा ठग्नेमात्र हैन भाउ समेत राम्रो नदिने गरेको गुनासो विष्णुपादुकाबाट आफूले पालेका खसी बोका खरिद गर्न आएका कृषक चन्द्र बहादुर मगर बताउनुहुन्छ । हुन त कृषि बजारले कृषक नठगिउन भनेर बजारमै डिजिटल काटाको समेत व्यवस्था गरिदिएको छ । तर विचौलियाहरुले भरसक खरिद नै नगरी सालाखाला खरिद गर्न खोज्ने गरेका छन् । बर्षौदेखि विचौलियाको काम गरेर जीवन निर्वाह गर्नेहरुको पनि यस बजारमा कमी छैन । १७ बर्षको उमेरदेखि अहिले ४५ बर्ष पुग्दासम्म यही विचौलियाकै काम गर्दै आउनु भएका गुणराज विश्वकर्मा गाउँ गाउँ पसेर खसी बोका खरिद गरेर कृषि बजारमा ल्याएर विक्री गर्ने बताउनुहुन्छ ।  पछिल्लो समय यो बजारमा माघे संक्रान्तिलाई लक्षित गरी धेरै खसीबोका कृषि बजारमा भित्रिएको थियो । कृषकलाई सहज होस् भन्ने उद्देश्यले कृषि बजारले सस्तोमा कृषकलाई खानेबस्ने, बाथरुम ट्वाइलेटको व्यवस्था हँुदा पनि हप्तामा १ सय भन्दा बढी कृषक कृषि बजार आफै खरिद विक्रीका लागि आउने गरे पनि त्यसो दोब्बर भन्दा बढी विचौलियाले नै खसीबोकाको कारोबार गर्ने गरेको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ । जिउँदो खसी बोका प्रति केजी ५ सयदेखि ६ सय सम्ममा खरिद गर्ने गरिए पनि धेरैजसोले
खरिद गर्दा तौल नै नगरी सालाखाला खरिद गर्ने, कृषकसँग चलेको भाउ भन्दा कममा विचौलियाले लिने गरेको बताउनुभयो । विचौलिया नियन्त्रण गर्न कृषि बजारले जति गर्दा पनि नसकेको उहाँको भनाई छ । यो बजारमा प्रत्येक शुक्रबारमात्र तीन हजार थान भित्रिने गरेको छ । माघे संक्रान्तिलाई लक्षित गरेर यो शुक्रबार भने ३५ सयसम्म खसी बाख्रा भित्रिएको व्यवस्थापक भट्टराईले बताउनुभयो । मूल्यको हिसाबले यो बजारमा खसी बोकाकै मात्र कारोबार एक हप्तामै ३० करोड भन्दा मथिको कारोबार हुने गरेको छ । दशै, तिहार लगायत चाडपर्वमा भने खसीबोकाको कारोबार अत्याधिक हुने गरेको उहाँको भनाई छ । तर कृषि बजार कृषकको नभई विचौलियाको बजार बनेको छ, यसको नियन्त्रण गर्न कृषि बजारले सकेको छैन ।

तपाईको प्रतिक्रिया