धरान । सामाजिक उत्तरदायित्व र प्रविधि सहितको शिक्षामा जोड दिँदै आएको धरान मोडल कलेजले गत हप्ता वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सु्नसरी शाखाको समन्वयमा धरानको छाताचौकमा भएको रक्तदानमा कलेजमा अध्ययनरत विद्यार्थीहरुका साथै स्थानीयहरु समेत सहभागी भएको कलेजका प्राध्यापक भवानी शंकर भट्टराईले बताउनुभयो ।

वि.सं. २०६६ सालमा कलेजको स्थापना भएसँगै ३०६९ सालदेखि प्रत्येक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको र यस बर्ष गत साउन र पौष २८ गते दुई पटक रक्तदान कार्यक्रम गरेको प्रा. भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो श्रावणमा गरिएको रक्तदानमा ६९ पिन्ट रगत सकलन भएको थियो भने पौषमा गरिएको रक्तदानमा ४२ पिन्ट रगत सकलन भएको छ । प्रदेश नं. १ कै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय रगतको चरम अभाव भएकोले कलेजले रगत अभावमा कसेको मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको प्रा.भट्टराईको कथन छ । यसका अलावा धरान मोडल कलेजले आफ्ना विद्यार्थीहरुको शारीरिक तथा वृत्ति विकास होस् भन्ने हेतुले सप्ताव्यापी खेलकुदको आयोजना समेत नियमित रुपमा गर्दै आएको छ । विद्यार्थीहरुलाई सामािजक उत्तरदायित्व बहन गर्न कलेजले धरानका मठ मन्दिरहरुको सरसफाई, विएसडब्लु प्रोग्राम अन्तर्गत ग्रामीण क्षेत्रहरुमा जनचेतना प्रवाह गर्ने काम समेत गर्दै आएको छ ।
