यलम्बर सम्बतको अवसरमा किराया सुनसरीद्वारा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

धरान । यलम्बर सम्वत ५०८३ को अवसरमा किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिले मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ ।  किरातहरुले मान्दै आएको नेपालको प्राचीन तथा मौलिक सम्वत येलेदोङको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटसल आयोजना गरिएको यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।


आयोजित औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष राईले नेपालको प्राचीन, मौलिक सम्वत भएकाले यलम्बर सम्वतलाई राज्यले राष्ट्रिय सम्वतका रुपमा घोषणा गरी प्रचलनमा ल्याउनु पर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले येलेदोङलाई मौलिक सम्वत घोषणा गर्नु पर्ने माग  राख्नुभयो । आयोजित मैत्रीपूर्ण फुटसल खेलमा किरात राई यायोक्खा( एन÷ प्याब्सन सुनसरी र सुनसरी उद्योग वाणिज्य संघ
– पत्रकार महासंघ सुनसरीबीच मैत्रीपूर्ण खेल भएको थियो ।  खेलमा एन÷ प्याब्सन  सुनसरी र सुनसरी उद्योग वाणिज्य संघ बीच फाइनल खेलमा उद्योग वाणिज्य संघ विजयी भएको  थियो । विजेतालाई किराया अध्यक्ष राजेन्द्र राईले ट्रफी वितरण  गर्नुभयोे । प्रतियोगिता बिग फुटसल धरान १५ को सौजन्यमा भएको थियो ।

तपाईको प्रतिक्रिया