बार्गेनिङ गरेको आरोप लागेकी खड्का पक्राउ

धरान । बार्गेनिङ गरेर रकम असुल्ने गरेको मुद्धाको प्रहरीको खोजीको सूचिमा परेकी धरानकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बार्गेनिङ (ठगी) को मुद्दा लागेकी धरान १४ की शान्ता खड्कालाई प्रहरीले धरान १४ उनकै निवासबाट पक्राउ गरेको हो । पक्राउ परेकी खड्कालाई प्रहरीले मंगलबार म्याद थपका लागि जिल्ला अदालत लगिएकोे इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताउनुभयो । उहाँले शनिवार र आइतबार विदा फेरि सोमबार पनि विमान दुर्घटनामा परेकाहरुको सम्झनामा सरकोले शोक विदा दिएकोले मगलबार म्याद थपका लागि अदालत लगेको बताउनुभयो । खड्कालाई बलात्कार मुद्धा मिलाइदिने भन्दै बार्गेनिङ गरेको मुद्दा परेको छ । बलात्कार आरोपमा पुर्पक्षको लागि थुनामा रहेका धरानका एक व्यक्तिलाई छुटाइदिने तर त्यसका लागि १० लाख रुपैयाको बार्गेनिङ गरेको आरोपसहित पीडित परिवारले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएदेखि नै खड्का प्रहरीको खोजी सूचिमा परेकी थिइन । सूचनाको आधारमा उनलाई शुक्रबार आफ्नै निवासबाट पक्राउ गरिएको हो ।
धरान प्रहरीका डिएसपी श्रेष्ठका अनुसार उनीविरुद्ध ठगीको मुद्दा दर्ता भएको छ । डिएसपी श्रेष्ठले भन्नुभयो–‘उनी विरुद्ध ठगीको मुद्दा दर्ता भएको छ, सुनसरी जिल्ला अदालतबाट पक्राउ पुजी आएपछि उनी फरार थिइन् हामीले उनलाई पक्राउ गरिसकेका छौं, म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाउँछौं ।’ धरान १७ मा डेरा गरि बस्ने एक युवा बलात्कार आरोपमा थुनामा थिए । सो घटनाको साक्षी बसेकी महिलासँग मिलेर खड्काले वयान फेरेर छुटाइदिने भन्दै ती युवाको श्रीमतिसँग रकमको बार्गेनिङ गरेको आरोप उनीमाथि छ । त्यसैको तनावले आरोपित युवाकी श्रीमतिको मृत्यु भएपछि मृतक परिवारले खड्काविरुद्ध  प्रहरीमा ठगी उजुरी दिएक थिए । खड्काले महिला सञ्जाल धरानको नाम बेचेर बार्गेनिङ गर्ने कुरा बाहिर आएपछि महिला सञ्जालले पत्रकार सम्मेलन नै गरेर आफ्नो सदस्य नभएको जानकारी नै गराएको  छ ।

तपाईको प्रतिक्रिया