२३ औं गोधुली फुटबल धरान १२ र १९ अघिल्लो चरणमा

धरान । धरानमा जारी २३ औं टुबोर्ग गोधुली रनिङ कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा विजयी हुदै धरान–१२ र धरान–१९ अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
धरान रंगशालामा भएको पहिलो खेलमा उपाधी दाबेदार मानिएको धरान–८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै १२ नं. वडा अघिल्लो चरणमा प्रवेश गरेको छ । धरान–१२ का हरि खवासले उत्कृष्ट प्रदर्शन गरेपछि ८ नं. वडा पराजित भएको हो ।


खवासले ह्याटिूक गरेका छन् । ८ नं. वडाका सबिन मगरले खेलको चौथो मिनेटमा नै गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम मिनेटमा १२ नं. वडाका मनिष मगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा १२ नं. वडाका हरि खवासले ३ गोल गरे । उनले दोस्रो हाफको तेस्रो मिनेट, १० मिनेट र ४८ औं मिनेटमा गोल गरेका थिए । उता खेलको थप समयमा ८ नं. वडाका सविन मगरले गोल गर्दै खेललाई ४(२ को स्थितिमा ल्याएका थिए । खेलको म्यान अफ द म्याच १२ नं. वडाका हरि खवास घोषित भए । यस्तै सामेबार नै भएको दोस्रो खेलमा १९ नं. वडाले संघर्षपूर्ण जित निकालेको छ । १९ नं. वडाले ९ नं. वडालाई १–० गोल अन्तरले  पराजित गरेको थियो । १९ नं. वडाकालागी सुचन रम्तेलले निर्णायक गोल गरेका थिए । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका हुन् । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार ्रपुरस्कार प्राप्त गर्नेछन् । मंगलबार पहिलो खेल धरान  रंगशालामा े वडा नं. १८ र वडा नं. १ र . १० र वडा नं. १६ बिच भएका थियो । प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन  गरेको छ भने धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुलले सहप्रायोजन गरेका छन् ।

तपाईको प्रतिक्रिया