धरान । धरानका एक व्यक्ति जसले अपाग तथा सहायहरुलाई सहयोग गरेका छन् । धरान ८ मा रहेको अपांग तथा असहाय केन्द्रको सदस्य समेत रहनु भएका अशोक अग्रवालले धरान ८ स्थित रहेको अपांग तथा सहाय केन्द्रलाई सहयोग प्रदान गर्नुभएको हो ।

अग्रवाललले अपांग तथा असहाय २० परिवारलाई खाद्य सामाग्री, ३० जनालाई ब्लांकेट, १५ पिस झुल, खुट्टामा समस्या भएका व्यक्तिलाई २० हजार नगद सहयोग, मृगौलामा समस्या भएका दुईजनालाइ ५० हजार, दुई वटा सिलाइ मेसिन वितरण गरेको संस्थाका संस्थापक निर्देशक सुनिल खड्काले बताउनुभयो । अग्रवालले यस भन्दा अगाडि पनि तराईमा कल नभएका ठाउँमा काल गाडिदिने, दुर्घटना तथा पीर पार्कामा परेकालाई सहयोग गरिदिनेमात्र हैन असहाय तथा अपांगहरुलाई धेरै सहयोग गर्नुभएको थियो । सुनसरीको मधेशा गाउँपालिका रेजा रजकले मधेशामा अग्रवालले खानेपानी आपूर्तिका लागि ४० घरलाई लक्षित गरी कल गाडिदिएका बताउनुभयो । सानैदेखि एउटा खुट्टामा समस्या आएर अपांग बन्नु भएकी कल्पना उराउले सिलाइ मेसिन चलाएर जीविकोपार्जन गर्दै आउनु भएको छ । नर्सिङ गाउँपालिका ३ घर भएकी उहाँको अहिले कल विग्रिएर थन्किएको थियो । तर अहिले पुन ः अग्रवालले दुई वटा सिलाइ मेसिन प्रदान गरेपछि आफूलाई सहज भएको बताउनुभयो ।
पूर्वमा रहेका भारतीय भूतपूर्व सैनिकलाई पेन्सन लगायत विविध सहयोग पु¥याउदै आएको धरानस्थित पेन्सन वितरण कार्यालयका मेजर भरत कनौजियाले व्यक्तिगत रुपमा धेरैलाई सहयोग पु¥याउने व्यक्ति समाजमा कमै हुने बताउनुभयो । आर्थिक अभावकै कारण कसैले शिक्षाबाट बञ्चित हुनु नपरोस, उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उहाँको उद्धेश्यप्रति मेयर कनौजियाले धन्यवाद दिनुभयोे ।
