तामाङ नाम्सा शेर्गेमा बुद्धमूर्ति प्रतिष्ठापन र गुम्बा निर्माण

धरान । २८५९ औं सोनामल्होछारको अवसर पारेर धरानउपमहानगरपालिका वडा नं. ४ स्थित तामाङ नाम्सा शेर्गेमा बुद्धमूर्ति प्रतिष्ठापन र गुम्बानिर्माण गरिएको छ ।
तामाङहरुको मात्र बस्ती रहेको शेर्गेमापहिलो पटक बुद्धमूर्ति प्रतिष्ठापन र टूष्टको गुम्वानिर्माण गरिएको हो । नेपालतामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको संयोजकत्वमा सम्पन्न भएको बुद्धमूर्ति निर्माण, प्रतिष्ठापन र गुम्बानिर्माण कार्यको समुद्घाटन प्रमुख अतिथि समेत रहेका नेपालतामाङ घेदुङका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उप(महासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए ।


२८५९ औं सोनामल्होछार शुभकामनाआदान(प्रदानतथा बुद्धमूर्ति प्रतिष्ठापन समारोहको आयोजना गरी गरिएको कार्यक्रममा प्रदेश नं. १ का नव निर्वाचित प्रदेशसभा सदस्य ममता योञ्जन तामाङ, धरान ४ न. वडाका सदस्य मिना घिसिङ तामाङ र जग्गादाता श्रमिान÷श्रीमती रामबहादुर घिसिङ र फुलमाया योञ्जन तामाङलाई सम्मान समेत गरिएको थियो । उनीहरुलाई प्रमुखअतिथि रामकृष्ण ब्लोन तामाङ, घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ र कार्यक्रम सयोजक सुजेन्द्र गोले तामाङले सम्मान(पत्र र खदाले सम्मान गरेकाथिए । कार्यक्रमकावीच टंक घिसिङको अध्यक्षतामा तामाङ नाम्सा शेर्गे गाउं सुधार समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा तारा बहादुर घिसिङ, सचिवमा सुमन घिसिङ, कोषाध्यक्षमा फुलमाया योञ्जन सदस्यहरुमा रामबहादुर घिसिङ, मिठु घिसिङ, मनिकुमारी तामाङ र सल्लाहकारमा विर्खबहादुर घिसिङ रहेका थिए ।

तपाईको प्रतिक्रिया