धरान । धरान उपमहानगरपालिकाले धरानको वडा नं.२० विषयुपादुका, वडा नं ४, ५ र ६ पानबारीलाई कृषि पकेटको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ । तर उपमहानगरपालिकाले त्यहँका कृषकको जीवन स्तर उकास्ने, कृषकले उत्पादन गरेको कृषि सामाग्रीको बजार व्यवस्था तथा सडकको सहज पहुच नभइदिदा उत्पादित कृषि सामाग्री डोकोमा बोकेर घर घरमा पु¥याउन बाध्य छन् ।
हुन धरानमा एक कृषि बजार, ठूला दुई वटा फलफूल तथा तरकारी बजार नभएको होइन तर पनि धरान ४ दानाबारीका कृषकले भने आफूले उत्पादन गरेको सामाग्रीको भाउ पाएका छैनन्, सहज सडक सञ्जाल नभइदिंदा उनीहरु करिब ५ किलोमिटरको बाटो धरान बजारमा डोकोमै बोकेर विक्री गर्न बाध्य छन् ।

धरान ४ दानाबारीका ८० बर्षीय जमबहादुर राईले परिवार पाल्नकै लागि भएपनि डोकोमा सागसब्जी बोकेर धरान बजारसम्म लान बाध्य भएको बताउनुहुन्छ । यहा सिजन अनुसार अदुवा, मकै, कोदो, सागसब्जी उत्पादन गरे पनि बजारको समस्या हुदा धरान बजारको घर घरमा लगेर डुलाउनुपर्ने अवस्था रहेको बताउनुभयो । संखुवासभाबाट बसाइसराई गरी धरान ४ दानबारीमा बसेर कृषि पेशा गर्दै आउनु भएकी प्रितिधन राइको भनाई पनि उस्तै छ । आफूले उब्जाएको सागसब्जीको बजार र भाउ नपाउदा डुलाएर विक्री गनुपर्ने बताउनुभयो । कति पय कृषकले पनि बजारसंगै प्राविधिक शिक्षाको दानाबारी कृषकलाई दिनुपनेमा जोड दिएका छन् । कृषक राजकुमार राईले प्राविधिक शिक्षा नभएकै कारण आफूले सुनेको जानेको भरमा कृषि पेशा गरेको बताउनुभयो । कृषि पेशालाई आधुनिकीरण गरेर लान प्राविधिक ज्ञान आवश्यक भएको उहाको भनाई छ । यस भेगका कृषकहरुले आर्गनिक सागसब्जी उत्पादन गर्ने मान्यता रहेको छ । विजयपुरको बुढासुब्बा पारिपट्टि पर्ने दानाबारीका कृषकहरुले उत्पादन गरेका कृषि सामाग्री मर्निङवाक जानेहरुले बढी खरिद गर्ने गरेका छन् । मर्निङवाक पनि जाने र ताजा सब्जी पनि पाउने भएकोले मर्निङवाक आउने गरेको रोशन श्रेष्ठ बताउछन् ।
स्थानीय तहहरुले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने भनिए पनि बजार, प्राविधिक ज्ञानको अभावका कारण उनीहरुले सोचेजस्तो आम्दानी गर्न सकेका छैनन् । आफूले उब्जाएको सागसब्जीको उचित मूल्य नपाउदा र बजार नपाउँदा घर घरमा डुलाएर विक्री गर्नुपर्ने अवस्था छ । तार्गेट क्षेत्रलाई कृषि पकेट क्षेत्र बनाउने हो भने स्थानीय तहले पहिलो प्राथमिकत यसतर्फ दिन जरुरी छ ।
