स्वरुप परिवर्तन गरेका बाइक नियन्त्रणमा लिँदै ट्राफिक प्रहरी

धरान । जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरीले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कार्यालयले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकलले ध्वनी प्रदुषण गरेको भन्दै जनगुनासो आएपछि नियन्त्रण शुरु गरेको हो । यातायात व्यवस्था ऐनले पनि स्वरुप परिवर्तन गरे वापत जरिवाना तोकेको छ, स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई ५ हजारसम्म जरिवाना लिन सक्ने प्रावधान छ, तर त्यो नगरेर हामीले पहिलो चरणमा नियन्त्रणमा लिएका मोटरसाइकललाई कम्पनीकै साइलेन्स पाइप लगाउन लगाइएको छ ।


प्रयास थालेयता कार्यालयले १ सय ५० भन्दा भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई त्यसमा प्रयोग गर्ने साइलेन्सर पाइप परिवर्तन गर्न लगाएको छ । कम्पनीले निर्माण गरेको साइलेन्सर पाइपलाई परिवर्तन गरी बढी आवाज दिने साइलेन्सर पाइप प्रयोगमा ल्याउँदा अस्पताल, विद्यालय एरिया लगायतमा असर पुगेको गुनासो आएपछि नियन्त्रण शुरु गरिएको जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताउनुभयो । उहाँले स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउँदा सर्वसाधाराको निन्द्रा खल्बिलिने, बाइक कुदाउनेलाई रमाइलो लागे पनि सुतेको मान्छेलाई डिस्टूव हुने, घरमा रहेका विरामी, ज्येष्ठ नागरिक लगायत अस्पताल तथा विद्यालय आसपासमा ध्वनी प्रदुषणले समस्या आएको भन्ने गुनासो आएपछि नियन्त्रण शुरु गरेको बताउनुभयो ।
उहाँले नियन्त्रणमा लिएका मोटरसाइकलको साइलेन्सर पाइपलाई निकालेर कार्यालयमै राख्ने र पहिलाकै कम्पनीको साइलेन्सर प्रयोग गर्न लगाउने गरिएको बताउनुभयो । पुन त्यस्तो गरेको पाइएमा यातायात ऐन अनुसार नै कारबाही अगाडि बढाइने बताउनुभयो । विशेष गरेर पल्सर, एमाहाको इन्टाइसर, केटिएम बाइक, सुजुकी बाइक, लगायतका बाइकमा स्वरुप परिवर्तन गरी चलाउने गरेको पाइएको छ । विशेष गरेर युवा पुस्ताले मोटरसाइकल मोडिफाइ गरेर चलाउने प्रचलन छ । नियन्त्रणमा लिइएका स्वरुप परिवर्तन गरेर चलाइएका मोटर साइकल चालकहरुले भने मोडिफाइ गरेर चलाउँदाको मजा नै अर्को हुने गरेकाले कम्पनीको साइलेन्सर पाइप हटाएर अर्को साइलेन्सर पाइप प्रयोग गरेर चलाउने गरेको बताएका छन् । अब भने यसको असरको  बारेमा थाहा भएकोले कम्पनीकै साइलेन्सर पाइप प्रयोग गरेर सवारी साधन चलाउने उनीहरुले बताएका छन् । कम्पनीको साइलेन्सर साइप हटाएर ग्यारेजबाट अर्को साइलेन्सर पाइप प्रयोग गर्दा ठूलो आवाज दिने गर्दा ध्वनी प्रदूषण अत्याधिक हुने
गरेको थियो । ध्वनी प्रदुर्षण नियन्त्रणका लागि टूाफिक प्रहरीले सुनसरी जिल्लाभरि नियन्त्रणको अभियान शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया