धनकुटाबाट २ लागू औषध कारोबारी पक्राउ

धनकुटा । लागू औषधको सञ्जाल पहाडी इलाकासम्म पुगेको छ । तराईका ठूला सहरहरुमा धेरै कारोबारीलाई प्रहरीले पक्राउ गरे पनि पछिल्लो समय पहाडी क्षेत्रबाट समेत प्रहरीले कारोबारीलाई धमाधम पक्राउ गर्न थालेको छ । पछिल्लो समय प्रहरीले धनकुटाको फेदिबाट दुई जना लागू औषध कारोबारीलाई पक्राउ  गरेको छ । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा न ६ को फेदीबाट दूई जनालाई लागुऔषध नाइट्रोजेपाम छ सय चक्की र फेनारगन ८३ एम्पुल सहित शनिबार पक्राउ गरेको हो । धरानबाट धनकुटा तर्फ जाँदै गरेको प्र १(०२(०४१ प २९८८ नम्बरको २२० सीसी सुजन भण्डारीले चलाईको पल्सर मोटर साइकल रोकी चेकजाँच गर्दा मोटर साइकलको पछाडि सवार रहेका सबल कुमार घिमिरेले पछाडि भिरेर बोकेको कालो रंगको झोला भित्र अबैध लागूऔषध नाइट्रोजेपाम ६०० चक्की र फेनारगन ८३ एम्पुल फेला परेको धनकुटा प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई सवारी साधनसहित प्रहरीले अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया