महालक्ष्मीमा बोलेरो दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ ११ जना घाईत भएका छन् । संखुवासभाबाट धरान तर्फ आउँदै गरेको को १ ज २२७५ नम्बरको बोलेर सडक बाट करिब ५० मिटर तल खस्दा ११ जना घाइते भएका हुन् । घाइते मध्ये केहीको अवस्था मध्यम र धरैको अवस्था सामान्य रहेको धनकुटा प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार  गराइएको र ४ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया