लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाको छुट्टा छुट्टै दुई स्थानहरुबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका–७ स्थित २३ बर्षीय ओम पोर्तेललाई लागुऔषध खैरो हिरोईन एक ग्रामसहित नियन्त्रणमा लिएको हो ।
यसैगरि आइतबार नै अपरान्ह ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुर नगरपालिका–४ स्थित २२ बर्षीय महमद सवर अन्सारीलाई ब्राउन सुगर १६ ग्राम ६ सय मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया