हासपोसा/इटहरी उपमहानगरपालिका वडा नं. २ आापगाछीमा आइतबार विपरीत दिशाबाट आएको मोटर साइकलले ठक्कर दिादा साइकल चालक देवी गौतम गम्भीर घाइते भएका छन् ।
सानो छोरालाई अगाडि राखेर दक्षिणतर्फ गइरहेको गौतमलाई को ६ प १५८१ नम्बरको मोटर साइकलले ठक्कर दिएका थियो । उनीसागै रहेका अन्दाजी ७ बर्षका बालकलाई भने सामान्य चोट लागेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी इकाईका सई तिलक गिरीले जानकारी दिए । अन्दाजी ४५ बर्षीय घाइते गौतमको हालसम्म होस नखुलेको र उनको टाउकोमा गम्भीर चोट लागी रगत जमेको चिकित्सकको भनाई उल्लेख गर्दै गिरीले धरान साप्ताहिकलाई बताए । हाल गौतमको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक
मोरङ्ग शनिश्चरे ७ का २३ बर्षीया आशिष भुजेलको अवस्था भने सामान्य रहेको सही गिरीले जानकारी दिए ।
