इटहरी/व्यवसायसागै गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक
बलराम आचार्यको सामाजिक कार्यमा समेत सक्रियता उत्तिकै देखिन्छ । पूर्वाञ्चलमा भएका मठ मन्दिर, बालगृह, धर्मशाला, पूर्व पृतना मुख्यालयमा इटहरी स्थित
रहेको सर्पदंश केन्द्र, मोरङ्गको केरौन लगायत दर्जनौ सार्वजनिक विद्यालय भौतिक निर्माणमा पुर्याएको सहयोग उल्लेखनीय रुपमा रहेको छ ।
आफूले १० रुपैया कमाउादा समाजका लागि दुई रुपैया सहयाग गर्नुपर्छ भन्ने मान्यता राख्नु हुने सञ्चालक आचार्य यस पटक गएको भुकम्पले
हजारौको निधन, लाखौ घाइते र
अरबौको भौतिक संरचना ध्वस्त हुादा अत्यन्तै भावुक बन्नुभएको थियो । भूकम्प लगत्तै राजधानीबासीले पानीसम्म पाउन नसकको सुन्नासाथ उहााले आफ्नै
सवारी साधनमा ५ सय ५० कार्टुन पानी पहिला काठमाण्डौ पठाउनुभयो । भुकम्पका कारण पूर्व पहाडी जिल्ला ओखलढुंगा समेत नराम्ररी प्रभावित भएको र दर्जनौले ज्यान गुमाएको सुन्नासाथ उहााले आफ्नै तर्फबाट पूर्वी पृतना मुख्यालय मार्फतदुई सय थान त्रिपाल, ३ सय थान ब्लांककेट समेत उपलब्ध गराउनुभयो । म घरमा जुन ब्लांकेट ओढ्छु त्यही क्वालिटीको ब्लांककेट दिए उहााले सुनाउनुभयो ।
यसका अलावा विभिन्न संघ संगठन जो पीडितहरुको राहत संकलनमा जुटेका थिए उनीहरुलाई लाखौं रकम समेत प्रदान गर्नुभएको थियो । पीडितहरुका लागि सैयौ बोरा चामल, दाल, विस्कुट, चाउचाउ, मरमसला समेत उपलब्ध गराएको उहाले बताउनुभयो । भुकम्प आएलगत्तै एकथरी मानिसले गोरखा डिपार्टमेन्ट स्टोर भत्कियो, अलिकति चर्कियो भनेर हल्ला पिटाए । हजारौ मानिस डिपार्टमेन्ट स्टोरको उक्त भवन हेर्न पुगे । कहीा कतै केही नदेखिएपछि उनीहरु सबै हल्लामात्र
रहेछ भन्दै फर्किएका थिए । हल्लाको
भरमा लाखौ मानिस भवन हेर्न आइदिादा गोरखा डिपार्टमेन्टप्रतिको आम सर्वसाधारणको स्नेह, अझ प्रचार भएको सञ्चालक आचार्यको भनाई छ । भवनमा कही कतै कुनै क्षति पुगेको छैन, भवन अत्यन्तै बलियो भएकै कारण कुनै क्षति नपुगेको उहााको कथन छ ।
त्र
