जिब्रोले परेला छुनसक्ने विचित्र युवती

उनको जिब्रो लामो छ भनेर
भनिरहनु पर्दैन, जब उनले मुखबाट जिब्रो निकालेर तन्काउादै जब आाखासम्मै
पूराउाछिन् । नाकको टुप्पो तथा चिउाडो जिब्रोले लपक्कै छोप्ने कुरा उनका लागि कुनै गाह्रो होइन ।
उनको जिब्रोले अलिक प्रयास गर्ने हो भने आाखा नै छोइदिन्छ । अमेरिकाको मिचिगनकी एड्रीयन लेविसको जिब्रो ४ इन्च लामो छ । यद्यपि उनको नाम अझै गिनिज बुकमा लेखिइसकेको छैन, तथापि उनी विश्वको सबैभन्दा लामो जिब्रो भएकी मानिस हुन् ।
विश्वमा अहिले सबैभन्दा लामो जिब्रो भएका निक स्टोबेरीको जिब्रो केवल ३.९ इन्च मात्र लामो छ । यदि उनको जिब्रोको लम्बाइलाई गिनिज बुकले प्रमाणित गर्यो भने उनी विश्वको सबैभन्दा लामो जिब्रोधारी मानिसको रुपमा किर्तिमानी बुकमा दर्ज हुनेछिन् ।
छेपाराको जस्तै लामो जिब्रो भएकी यी १८ वर्षे युवतीको जिब्रो देखाएको तस्वीर अनलाइनमा भाइरल बनेसागै उनले विश्वव्यापी चर्चा पाएकी छिन् अहिले ।
लामो जिब्रो आफ्नो वंशाणुगत गुणको रुपमा रहेको भन्दै उनले आफ्नी आमा, हजुरआमा तथा जिजुआमाको पनि निकै लामो जिब्रो रहेको बताउाछिन् ।
आफ्नो लामो जिब्रोका कारण विद्यालयमा आफुले निकै रमाइलो गर्ने गरेको सम्झिादै उनले यसअघि ३ पटक गिनिज बुकमा आफ्नो जिब्रोको दाबी पेश गर्दा पनि अस्विकृत भएको गुनासो गरेकी छिन् । तर पछिल्लोपटक भने आफुले गिनिज बुकमा अधिकारीबाट सकारात्मक प्र्रितक्रिया पाएकोमा उनी मख्ख छिन् ।

तपाईको प्रतिक्रिया