प्रदेश १ को संसदीय दलको नेतामा अमृत अर्यालको पक्षमा काँग्रेसका वहुमत सांसद प्रदेशमा अर्यालको लेबलमा सांसदै छैनन् : एक थरिले प्रभोग गर्नुको औचित्य छैन

धरान । नेपाली काँग्रेसको प्रतिनिधिसभाको संसदीय दलको नेताको निर्वाचन पश्चात प्रदेश नं. १ को संसदीय दलको नेताको चयन आगामी पौष १५ गतेभित्र हुने भएको छ । प्रदेश नं. १ को संसदीय दलको नेता निर्वाचनका लागि प्रदेश कार्य सम्पादन समितिले पौष ९ गतेदेखि प्रक्रिया शुरु हुने कार्यतालिका प्रकाशन गरिसकेको छ । प्रदेश नं. १ मा नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि अमृत अर्याल, उद्धब थापा, हालका कानुन मन्त्री समेत रहेका केदार कार्की आकांक्षी देखिएको र यिनै तीनजना बीचमा प्रतिष्पर्धा हुने देखिएको छ ।


संसदीय दलको नेतामा देखिएका तीन जना आकांक्षीमध्ये अमृत अर्याललाई काँग्रेसका सांसदहरुले हेवीवेटका रुपमा  हेरेका छन् । एकजना प्रदेश सांसदले भने अमृत अर्याल लेबलको काँग्रेसभित्र प्रदेश नं. १ मा सांसदै छैनन् । उनले भने अर्याल दुई पटक नेपाली काँग्रेसको केन्द्रीय सदस्य, दुई पटक निर्वाचित जनप्रतिनिधि, दुई पटक नेपाली काँग्रेस मोरङको जिल्ला सभापति भइसक्नु भएको छ । योगदानकै कुरा गर्ने हो भने प्रजातान्त्रिक आन्दोलनमा पटक पटक गिराÏतार भएर चरम यातना सहित ८ बर्ष जेल बसिसक्नु भएको छ । उनले भने कसैले कसैलाई प्रभोग गर्नुको औचित्य रहँदैन ।
यसै सम्बन्धमा प्रदेश सांसद एवम् प्रभावशाली नेता अमृत अर्यालसँग संसदीय दलको नेताको विषयमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो, पहिला शेरबहादुर दाइको नसकी मैले कुरा गर्ने कुरा पनि आउँदैन । केन्द्रको नसिद्धि तिमीहरुलाई हतार भयो भन्नुहोला । केन्द्रको सिद्धिएपछि प्रदेश नं. १ को संसदीय दलको नेताको निर्वाचन प्रक्रिया शुरु हुन्छ । पार्टीको कार्यसम्पादन समितिले ९ गते देखि प्रक्रिया अगाडि बढाउँछ अर्यालले भन्नुभयो । तपाई प्रदेश नं. १ को संसदीय दलको नेता हुने कुरामा कतिको ढुक्क हुनुहुन्छ त भन्ने सवालमा उहाँले भन्नुभयो, पूर्ण रुपमा ढुक्क छु । पार्टीभित्रका बहुमत सांसदको प्रत्यक्ष वा परोक्षरुपमा आफूलाई समर्थन रहेको छ । उता अर्का आकांक्षी कानुन मन्त्री समेत रहेका केदार कार्कीसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन । घरि फोन सम्पर्क विच्छेद गर्ने, घरि ब्यस्त बनाउने कार्की संसदीय दलको नेताको आकाँंक्षी भएपनि कमजोर धरातल रहेको कार्की निकटका सांसदहरु बताउँछन् । अर्का आकांक्षी एवम् नेपाली काँग्रेस प्रदेश समिति सदस्य उद्धव थापासँग सम्पर्क राख्दा प्राविधिक कारणले उहाँसँग सम्पर्क हुन सकेन ।

प्रदेश नं. १ मा काँग्रेसभित्र तीन धार

प्रदेश नं. १ मा नेपाली काँग्रेसभित्र स्पष्ट तीन धार देखिएको छ । नेपाली काँग्रेसको १३ औं महाधिवशेन पश्चात काँग्रेसमा यस्तो धार देखिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका, प्रभावशाली नेता शेखर कोइराला निकट रहेका र अस्तित्व संकटमा रहेका कृष्णप्रसाद सिटौलाका निकट प्रदेशसभा सांसदबीचमा संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । संसदीय दलको नेता निर्वाचित भएर आगामी प्रदेश सरकारको मुख्यमन्त्रीको दाबी गर्दै जनीतिक गतिविधि गरिरहनु भएका अमृत अर्याल प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिनुहुन्छ । यसैगरि कानुन मन्त्री रहनु भएका केदार कार्की डा. शेखर कोइराला निकट र कृष्णप्रसाद सिटौला निकट रहनु भएका उद्धव थापा संसदीय दलको नेताको दौडमा रहनु भएको छ ।
अर्याल निर्वाचित भए काँग्रेसकोसरकार
प्रदेश नं. १ मा नेपाली काँग्रेसबाट संसदीय दलको नेतामा अमृत अर्याल निर्वाचित भएमा आगामी प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने निश्चित प्राय ः छ । प्रदेश नं. १ मा प्रत्यक्ष र समानुपातिक तर्फका गरि काँग्रेसका २९ सांसद रहेका छन् । जसमा डा. शेखर कोइराला समूहका १० जना छन् भने शेरबहादुर देउवा समूहका पनि १० जना नै छन् । उता कृष्णप्रसाद सिटौलाका ८ जना रहेका छन् । एक जना प्रदेशसभा सांसद कतै पनि हाल सम्म नखुले पनि ती सांसद अर्याल निकट  रहेको स्रोतले जनाएको छ ।
मोरङबाट प्रत्यक्षमा निर्वाचित एक सांसदले भने–अंक गणत केलाउँदा अमृत अर्याल नै संसदीय दलको नेता हुने पक्का छ । केन्द्रमा जस्तै प्रदेशमा पनि देउवा सिटौला समूहबीच तालमेल हुन्छ । थापा भन्दा हरेक दृष्टिले अर्याल नै अगाडि देखिएकोले पनि उहाँको संसदीय दलको नेता सुनिश्चित जस्तै देखिएको छ । संसदीय दलको नेता बन्ने पक्का जस्तै देखिएको छ, आगामी प्रदेश
सरकारचाहिँ कस्को नेतृत्वमा बन्ला त भन्ने जिज्ञासामा अमृत अर्यालले भन्नुभयो सत्ता गठबन्धनका पाँच दल र एमाले, राप्रपा, जसपा गठबन्धनले प्रदेश नं. १ को संसदमा समान हैसियत छ । दुवै तर्फ एक सिट जोड घटाउ छ । नेपाली काँग्रेस सहितको गठबन्धनमा ४६ सांसद छन् । सरकार बनाउन ४७ सांसद आवश्यकता हुन्छ । राप्रपा र एमाले दुवै जोड्दा ४६ हुन्छ । जसपाबाट समानुपातिकमा निर्मला तावा सांसद बन्नु भएको छ । म संसदीय दलको नेतामा निर्वाचित भएमा ४७ सांसद पु¥याउँछु । अर्यालले भन्नुभयो, यतिका बर्षदेखि राजनीति गर्दै आएको छु त्यो कसरी मिलाउनुपर्छ भन्ने कुरा मेरो जिम्मा हो ।

तपाईको प्रतिक्रिया