घण्टाघरबाट हेर्दा

प्रधानमन्तरीको टेन्डर
देशाँ पर्धानमन्तरीको टेन्डर खुलेसी बोलकबोल गर्नेहरुको घुइँचो उदेकलाग्दो थियो । बोलकबोल गर्न तँछाडमछाड गरेर दौडिए जस्तै देश बनाउन दौडिए मुलुक स्वर्ग बन्ने थियो । तर क्यार्नु मुलुक भाँडमा जाहोस् पर्धानमन्तरी पड्काउन पाए पुग्यो हरिलठ्ठकहरुलाई । निर्वाचनमा मात्र नभएर आफ्नै दलको नेता बन्ने भेँडा किनेझै सांसद किनेर नेता भा’का, तिरिक्क ¥याल चुहाएर आफ्नै हत्केलामा दल्ने, ठाउँ न ठहर बुढीको रहर भनेझैँ जहाँ बस्यो त्यही उँग्दै झल्याँस्स हुने, यमानको हाब्रो चयातेर हाई गर्ने, छुल्याहा माकाफुई जस्तै घरि कता कन्याएको छ, घरि कता कन्याएको छ । हे उदेक त्यस्तालाई नि पर्धानमन्तरी चाहिया छ । मुलुक बनाउने ठाममा यस्ताको बास भएरै देश टकन्टाक भा’ हो । सबै काम कान्छी नानीले गर्दो रै’छ । देशाँ रमाइलो छ सबै एकले अर्कालाई छिर्के लगाएर टेन्डर लिने दाउँमै छन् ।


बल्ल प¥यो माकुरी जालैमा
संसदीय दलको नेतामा देउवाको ढेउवाले कमाल गरेझँै पर्धानमन्तरीमा त्यस्तो गरेको देखिएन । भुक्केर गरिहालेको भए पनि त्राससँगै दिनरात बिताउनुपर्ने निश्चित थियो । बत्तीस सिटे प्रचाण्डाउको भुतले देउवा तर्सिदै आएका थिए भने ६४ सिटे देउवाको पिरेतले प्रचण्ड तर्सदै आएका थिए । उता मौकामा छक्कै हान्न झोलेका खप्रओ हातमा कौडा लिएर हल्याई रा’थे । राष्ट्रपति र सभामुखमा हाम्लाई बोक ३ बर्ष सम्म पर्धानन्तरीमा तिम्लाई बोक्छम् भन्याकै भरमा कुरा मिलेपछि माउवादी केन्द्रका अध्यक्ष प्रचण्डाउले पर्धानमन्तरीको पद हत्याए । तीन तीन बर्षसम्म पर्धानमन्तरी पड्काउन पाए श्यालबहादुरको पछिल्तििर किन दौडने भनेर प्रचण्डाउ बाल्कोटतिर छिरेका थिए । पर्धानमन्तरी भन्या पर्धानमन्तरी नै हो, सबै शक्ति को¥याप्पै पारेर बस्न पाइने । उधारोमा काँग्रेससँग पद लिनु भन्दा त हाताहाती नगदीमा कारोबार गरेकै बेस सम्झिएर प्रचण्डाले काँग्रेस छोडेका थिए, आखिरी उनको उद्देश्य पूरा भएरै छोड्यो, गठन्धन भाँडमा जाओस त्यसको कुनै पर्वाह नगरी एमालेसँग मिलेर पर्धानमन्तरी भएरै छाडे । प्रचण्डाउको चलाखीलाई त मान्नै पर्छ कि कसो हौ ।
गलपासो बु“दाहरु
नेपालको राजनीतिमा बुदाहरु गलपासो भा’छ । पर्धानमन्तरी, राष्ट्रपति, सभामुख बन्न बुढाहरु कन्दनी बाँधेर लखर लखर गरेर टेकाको भरमा हिँड्दैछन् । थला परेर बाक्य नबसुन्ज्याल बुढाहरुले महत्वपूर्ण पदहरु ओगटी रहने भए । बडो फूर्ति लगाउँथे डाँडाघरे भजमने काका काँग्रेसले राणा फाल्यो भनेर तिन्का कुरा घण्टाघरलाई उस लाग्न थाल्यो । जाबो एउटा राणाको बृद्ध ज्वाईलाई फाल्ने ल्याकत नभएकाले के को राणा फाल्यो भनेर डिङ्ग हाक्या होला ? तिनै दुई चार जना बुढाहरुबाटै पर्धानमन्तरी, राष्ट्रपति ऐजन ऐजन बनाउनु थियो भने फुइøयाँ खान चुनाउ ग¥या ? बात करता है ।
तनहु“का बाजे बेपत्ता
गएका पाँच बर्षदेखि राणाका ज्वाईको विकल्प हुँ भन्दै उफ्रन्दै आएका तनहुँका बाजे आच्या रामचन्दर बा हिजो आज बेपत्ता भा’छन् । बाजेलाई राणाका ज्वाईले राम्रै गुल खिलाई दिएछन् कि क्या हो ? बाजे त बोल्नै छाडे । हुन त के  बोलुन ? सत्र पटक पाहा पछारिएझै पछारिकै हुन् । बाजे त बोल्नै छाडे । त्यसरी पछारिएको याद बाजेलाई झल्झल्ती आउँदो हो । बरु सटाकसुटुक राणाको ज्वाईको भरथेग गरे वेश भन्ने सोच्या होलान् ? नत्र अस्तिका दिन ट्याउँ ट्याउँ बोल्दै थिए । राणाका ज्वाई भन्या मापाकै हुन् । विकल्प हुनै सक्दैन भन्ने भित्री कुरा बाजेले बुझेरै लहसिएको त सबैलाई थाहा छ । तर बोल्नै छाड्नुचाहिँ अलि हजम भएन है । बाजेले संसदीय दलको चुनाउमा त्यसै देउवाको घाँस खाएका थिएनन् ।
कुरा बुझेर प्रचण्डाउ हाम फाले
दश जना झापाली सुईँ भए भने एकजना स्याङजाली जन्मन्छ भन्थे अब यो उखान उल्टो होला जस्तो छ । अब १० जना स्याङजाली खुस्किँदा एकजना झापाली जन्मन्छ भन्दा ठीक होला , अब हेराम न झापाली खप्रओले भन्या देश मध्यावधि निर्वाचन हुन्छ रे । हैन तिनले बहुमत ल्याएनन् भनेर त्यसरी भविष्पयवाण्ी त गर्नु भएन नि । देउवालाई ज्योतिषीले भन्या कुरा पूरा गर्नुछ, प्रचण्डाउलाइ पहिलो खेपमा पर्धानमन्तरी बन्नु छ । दोस्रो खेप त के हो के हो ? रात रहे अग्राठ पलाए भन्छन् । फेरि पर्धानमन्तनरी बिना देउवा बाँच्नै सक्दैनन् । पहिलो खेपमा पर्धानन्तरी नभए डडेलधुरे भेँडाको
राजाले संसद विघटन गर्दिन बेर  छैन । यही कुरा बुझेर माउवादी केन्द्रका अध्यक्ष प्रचण्डाउ अर्कैतिर हाम फाले, न रहे बाँस न बजे बाँसुरी ।
देउवाको कारण का“ग्रेस खरानी
बाँडीचुँडी खाउ बन्धन यतिबेला कुकुरले एउटा हड्डीमा लुछाचुँडी गरेझै ङ्यार्रङुर्र गरेर उत्पात मच्चाएका थिए आइतबारदेखि बातै खलास । डँढेलधुरे काजी एक्लै हड्डी चपाउने ध्यानमा लागेका थिए । अस्ले सहजै तिन्लाई चपाउन दिने वाला थिएनन् एउटा हड्डीको लागि तिन्ले ग¥या ङ्यार्रङुर्रले नेपाली जनतालाई निद्रा पर्न छाड्या थ्यो । परोस पनि कसरी ? कंलो स्वर निकालेर ङ्यार्र ङुर्र गरेपछि । एक्लै हड्डी चपाउन नपाएसी डँडेलधुरै काजी दौडिएर ठूलो हुँ भन्दै शितल निवास छिरेर सिंहदरबार छिर्ने सपना देख्या थिए, तर झिना मसिना स्याल सरहको भुस्याँहाले रोकेर स्यालबहादुरको सपना नै चकनाचुर बनाइदिए ।
आखिरी अलग्गिए
सत्ताका लागि शेर भए नि जनताका लागि स्याल प्रमानित भैसक्या आरजु जोई माउवादीका मुखिया प्रचण्डाउलाई पहिलो कार्यकाल पर्धानमन्तरी दिएर दोस्रो कार्यकाल आफू लिने मनस्थितिमा पुगेका बेला स्यालबहादुर जिल्लिएका छन् । काँग्रेस पार्टीलाई बाबुको बिर्ता र कामत सम्झेका आरजु जोइलाई तह लगाउन सत्ता गठबन्धनमा एक्लै माउवादीका प्रचण्डाउ काफी देखिए । पद नपाउँदा हिजो काँग्रेस फुटाएर हिड्या कस्लाई थाहा  छैन ? अब अहिले अरुले छोडेर हिडे भनेर फुइøयाँको आश्चर्य मान्नु ? जैसा करनी वैसा भरनी त्यसै भन्या हो र ? जे होस् काँग्रेसलाई काजीले धुलिसात बनाएर छाडे ।
अन्तेमा
उहिताको बुहारी भट्मास खाएकी त्यसै भन्या होइन रै’छ । अब हेरम न काँग्रेसभित्रका पोथी साँसदहरुले वाल्वाटार पुगेर स्यालबहादुरलाई पर्धानमन्तरी कुनै पनि हालतमा छोड्नु हुँदैन भनेर उक्साएका थिए । पर्धानमन्तरी पाए सबै भाँडमा जाओस् भन्ने मनस्थितिमा रहेका तिन्लाई पार्थी सांसदले उचाले पछि अरु के चाहिया थियो ? पार्थी सांसदले उचालेकै भरमा उचालिएका स्यालबहादुर भुइमा न भाडामा भएका थिए । हुन त तिन्लाई कस्ले उचाल्नु पर्छ र ? स्यालबहादुर पर्धानन्तरी भएमा यसो आरजु भाउजुको ज्यू हजुरी गरेर मन्तरी पड्काउन पाइएला भन्ने तिनको मनसुवा होला तर सबै फुइøया भयो । कि कसो हौ ?

तपाईको प्रतिक्रिया